नवलपरासी । वर्षाको कारण पुर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा करिब २० घण्टा पछि दुवै तर्फ सवारीको जाम खुलेको छ । आइतबार बेलुका करिब ९ बजेदेखि लागेको जाम सोमबार बेलुका करिब ४.३० बजे मात्रै दुवैतर्फ खुलेको हो ।
बुटवल नारायणगढ सडक खण्ड निर्माणको क्रममा रहेको हुँदा त्यस क्षेत्रमा सामान्य वर्षा हुनासाथ सडकमा निकै समस्या आउने गरेको छ ।
अहिले भने दुवै गाडीहरु अगाडी बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजु खत्रीले जानकारी दिनुभयो । सवारी आवागमन पुर्ण रुपले सहज हुन भने अझै केही घण्टा लाग्ने खत्रीले बताउनुभयो ।
दाउन्नेको पहाडी क्षेत्रमा पर्ने सडक निमार्णको क्रममा भित्ता काट्ने र डाइभर्सन निमार्ण गर्ने क्रममा सामान्य वर्षा हुँदा समेत निकै अप्ठेरो पर्ने स्थिति रहेको छ । जामका कारण एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनहरु तथा अन्य यात्रुहरुलाई निकै असहज भएको छ ।
हिँउदको सामान्य वर्षामा यसरी सडक अवरुद्ध भईरहँदा असार-साउनको मुख्य वर्षाको समयमा यात्रुहरुले निकै सास्ती खेप्नुपर्ने अवस्था आउन सक्ने यात्रुहरुको आशंका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच