मुम्बई । वैभव गुप्ता बने १४औं भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १४’औं संस्करणको उपाधि वैभव गुप्ताले चुम्नुभएको छ । आइतबार राति भएको ग्राण्ड फिनालेमा वैभवले उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ र ‘हट एण्ड टेकी’ ब्रेजा कार प्राप्त गर्नुभएको छ ।
ग्राण्ड फिनालेमा सोनु निगम विशेष जज बन्नुभएको थियो । फिनालेमा नेहा कक्कड पनि सहभागी हुनुभएको थियो । प्यारेलाल सिम्फनी च्यालेन्जमा वैभवले १९९१ को एक्शन क्राइम ड्रामा ‘हम’को ‘झुम्मा चुम्मा दे दे’ गाउनुभएको थियो । फाइनलमा वैभवले अन्तिम गीत सोनु निगमसँग ‘जोरु का गुलाम’ गाउनुभएको थियो ।
फिनालेमा आद्या मिश्रा, अनन्या पाल, पियुष पनवार, सुभदीप दास, अञ्जना पद्नाभन र वैभव गुप्ताबीच प्रतिस्पर्धा भएको थियो । शोमा शुभदीप र पियुष फष्ट र सेकेण्ड रनरअप घोषित हुनुभयो । उहाँहरूले ट्रफीसँगै पाँच लाख भारुको चेक पाउनुभएको थियो । अनन्या शोकी थर्ड रनरअप हुनुभयो । ट्रफीको साथमा उहाँले तीन लाख भारु पुरस्कार पाउनुभयो ।
नेपालकी मेनुका पौडेलले पनि इण्डियन आइडलमा सहभागी जनाउनुभएको थियो । तर, उहाँ शीर्ष १० सम्ममात्रै रहन सक्नुभयो । यसपटकको शोको जजको रूपमा विशाल ददलानी, श्रेया घोषाल र कुमार सानु रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच