
काठमाडौं । विज्ञानका समस्या समाधान गर्न इच्छुक विद्यार्थीका लागि भौतिक विज्ञानसम्बन्धी प्रतियोगिता हुनेभएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा ‘नेपाल यङ फिजिसिस्ट टुर्नामेन्ट’ हुन लागेको हो ।
सो आयोजनामा कक्षा १० वा १२ सम्मको पढाइ सकेर विश्वविद्यालय भर्ना नभएका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् । विद्यार्थीलाई वैज्ञानिक अनुसन्धानको प्रक्रिया सिकाउने लक्ष्य राखेको प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । भट्टराई भन्नु हुन्छ, ‘प्रतियोगिताले विद्यार्थीलाई कुनै पनि वैज्ञानिक समस्या समाधानका लागि कस्तो प्राज्ञिक अभ्यास अपनाउनुपर्छ भन्ने सिकाउनेछ ।’
यो आयोजनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि निखारिने मौका पाउने उनको उहाँको भनाइ छ । प्रतियोगिताका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसरसमेत पाउनेछन् । यसका लागि सोसाइटीले निवेदन आहृवान गरेको छ । चैत ७ गतेसम्म अनलाइनमार्फत सो निवेदन दिन सकिनेछ जनाएको छ । दुई महिनाभित्रै प्रतियोगिता हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच