पाल्पा । पाल्पामा पहिलो पटक दृष्टिविहिनहरुबिच कबड्डी प्रतियोगिता सञ्चालन गरिएको छ । तानसेन नगरपालिका–९ दमकडा नमुना माध्यमिक विद्यालयमा दृष्टिविहीनहरुबिच पहिलो पटक कबड्डी प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितामा विवश कुमालको निलो जर्सी र जगतबहादुर कुँवरको रातो जर्सीको नेतृत्वमा भएको खेलमा जगतबहादुर कुँवरको रातो जर्सीको समूह विजयी भएको छ । यस्तैगरी विवश कुमालको निलो जर्सीको समूह उपविजेता भएको छ । विजयी निलो जर्सीले २४ अंक र उपविजेता रातो जर्सीले २० अंक पाएको थियो । विश्वमा हालसम्म कहि कतै नखेलाएको दृष्टिविहिनहरुको कबड्डी प्रतियोगिताको विद्यालयले आयोजना गरी दृष्टिविहिनहरु पनि कबड्डी खेल्न सक्छन् भन्ने उदाहरणीय काम गरेको विद्यालय व्यबस्थापन समिपतका अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।
कबड्डी खेल्दा विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । प्रतियोगितामा निलो जर्सी समुहबाट खेलेका विवश कुमालले साथीहरुबिच पहिलो पटक कबड्डी खेल खेल्दा निकै आनन्द आएको र आगामी दिनमा दृष्टिविहिनहरुले प्रतियोगितात्मक खेल खेल्न सकिने बताउनुभयो । खेलमा सहभागी रातो जर्सीका टिम लिडर जगतबहादुर कुवँरले दृष्टिविहिनको कबड्डी प्रतियोगितालाई राष्ट्रियकरण गर्न सरकारसँग अनुरोध गर्नुभएको छ ।
पाठ्यक्रममा कबड्डी खेल सबैले खेल्न पाउने भए पनि हालसम्म दृष्टिविहिनहरु भने खेल्ने अवसर पाएका थिएनन् । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक वाई वि आचार्यले पिएच डीको लागि अनुसन्धानको क्रममा दृष्टिविहिनहरु पनि कबड्डी खेल्न सक्छन् भन्ने आधारमा सैद्धान्तिक र व्यवहारिक छलफल तथा अभ्यास, प्रतियोगिता सञ्चालन गरिएको बताउनुुभयो । विभिन्न तयारीका साथ गरिएको पहिलो प्रतियोगिताबाट दृष्टिविहिनहरुको कबड्डी प्रतियोगितालाई ओलम्पिक, एसियन गेम तथा अन्य प्रतियोगितामा पनि समावेश गर्न सकिने आधार मिलेको छ ।
दृष्टिविहिनहरुको कबड्डी खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्नको लागि लिपिवद्ध रुपमा नियम बनाएर, डिजाइन गरेर सार्वजनिक गर्ने अनुसन्धानकर्ता आचार्यले जानकारी दिनुभयो । दृष्टिविहिन विद्यार्थीहरुको तिव्र इच्छा र चाहानासँगै विद्यालयले गरेको अथक मिहेनतको कारण शारिरिक अभ्यास गराएर सैद्धान्तिक ज्ञान सिकाएर विद्यालयले कबड्डी खेलको नयाँ प्रयोगमा ल्याएको विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच