काठमाडौं । ग्लोबल आइएमई बैंकका थप ४१ शखाले एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा पाँच हजार बढीको सहभागिता रहेको बैंकले जनाएको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवायुवतीको सहभागिता रहेको थियो ।
मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा पाँच हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ ।
बैंकले कोशी प्रदेशको दमक नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रममा दुई सय ५० भन्दा बढीको सहभागिता थियो । मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा सयभन्दा बढीको सहभागिता थियो ।
बागमती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका, रामेछापकोे दोरम्बा शैलुङ गाउँपालिका, मन्थली नगरपालिका, काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङको गल्छी गाउँपालिका, रसुवाको कालिका गाउँपालिका र गोसाईकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रममा १२ सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको बैंकले जनाएको छ ।
त्यसैगरी वालिङ नगरपालिका, गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी-त्रिवेणी गाउँपालिका, बेंशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र भानु नगरपालिका, महराजगञ्ज नगरपालिका, वाणगंगा नगरपालिका, दंगीशरण गाउँपालिका, राप्ती गाउँपालिका, मालिका गाउँपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, रामग्राम नगरपालिका, पूर्वखोला गाउँपालिका, रोल्पा नगरपालिका, देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २५ सयभन्दा बढीको सहभागिता थियो ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत डिलासैनी गाउँपालिका, अमरगढी नगरपालिकाको कार्यक्रममा दुई सयभन्दा बढी र बैंकका ७६ शाखा कार्यालयबाट नौ सयभन्दा बढी लक्षित वर्गलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच