चिन्तन र (चिन्ता नभई आलस्यको सिर्जना)
अँधेरो हुनासाथ उत्तानो पर्ने र झुण्डिने कला छ,
उसमा,
सबैलाई लाग्छ चमेरो हो
हुँदै हो, ऊ चमेरो ।
तर उज्यालो देख्ने बित्तिकै रङ्ग बदल्न खप्पिस छ ऊ,
छेपारो भन्छन्
मान्छेहरू
राति बालुवाटारको वटवृक्षका हाँगामा मस्त सुत्छ ।
पखेटाले बिख जोड्जाड् गर्छ र चुच्चोबाट मान्छेलाई ठुङ्ने गर्छ ।
भुतुक्क पार्ने योजना छ उसको ।
दिनभरि ऊ
वित्ता वित्तामा रङ्ग फेर्दै
कहिले बाल्कोट ,
कहिले बूढानीलकण्ठ ,
कहिले लैनचौर
कहिले भाटभटेनी,
पानीपोखरी र महाराजगञ्जमा पनि झुल्करहेको देखिन्छ ।
कहिले यता, कहिले उता,
सडक नापी रहेको हुन्छ,
कति वित्ता, कतिपाइला
कति हात, कति मिटर,
कति किलोमिटर
र कति माइल,
ऊ यसरी नै नाप्ने गर्छ ।
सडकमा हिँड्दा हिँड्दै
कहिले दक्षिणको ओरालोतिर भेटिन्छ ।
कहिले उत्तर उकालोमा सास्ती खेपिरहेको हुन्छ ।
कहिले सुनका पोका बोक्छ
कहिले नोटका बिट्टा ।
देख्नेहरू भन्छन्
अब त दिशा बदल्यो यात्राको,
पश्चिम कुदिरहेको देखेछन् कतिले ।
त्यो बालुवाटारको कालो कोठामा
कहिले बालुवा बिक्री हुन्छ,
कहिले मान्छे ।
किन्न र बेच्न सिपालु छ बालुवाटार,
आफैंले आफैंलाई बेचिरहेको हुन्छ कहिले ।
कुनै दिन आफूलाई र कहिले अरूलाई बेच्न मोल तोकिरहेको हुन्छ उसले ।
बालुवाटारमा लाग्ने व्यभिचारी बजार त हो ।
कहिले भद्रगोलमा भेटिन्छ ऊ ।
कहिले बालुवाटारकै भित्तालाई भद्रगोल बनाइ रहेको हुन्छ ।
राति हेर्यो चमेरो
दिनमा हेर्यो छेपारो
बुझिनसक्नु छ बालुवाटारको यात्रा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच