
काठमाडौं । भ्याली पब्लिक स्कुलको आयोजनामा तेस्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसलमा विजयी सुरुवात गरेको छ । सुन्दरबस्तीस्थित आयोजकको नवनिर्मित कभर्डहलमा भएको उद्घाटन खेलमा भ्याली पब्लिक ‘ए’ ले पुष्पलाललाई ५-३ गोलले पराजित गर्यो ।
अर्को खेलमा प्रशान्तिविरुद्ध भने भ्याली पब्लिक ‘ए’ ले ३-३ गोलको बराबरी खेल्यो । सृष्टि ज्ञानले भ्याली पब्लिक ‘बी’ लाई ४-० गोलले हरायो ।
त्यस्तै, सनराइजले हिमालयनलाई ६-३, कान्तिपुरले वेदव्यासलाई ४-३, हिमालयनले पुष्पलाललाई ४-१, वेदव्यासले साम्तेनलाई ३-२, कान्तिपुरले भद्रकालीलाई ४-०, सनराइजले प्रशान्तिलाई ३-०, साम्तेनले भद्रकालीलाई १०-०, रिपु मर्दिनीले अनिता मिलनलाई २-१ र फेरिल्याण्डलाई ४-०, बाल विकासले फेरिल्याण्डलाई ३-० तथा अनिता मिलनले ओमलाई ६-१ गोलले पाखा लगाए । प्रतियोगितामा १८ टोली समावेश छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच