काठमाडौं । तेस्रो संस्करणको स्टार म्युजिक भिडियो अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ४८ विधाको अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।
आयोजक संस्था ग्रेट नटराज फिल्मस्का अध्यक्ष अशोक विश्वकर्माले अवार्डको दुईवटा संस्करण भव्य रूपमा सम्पन्न भएको र यसपटकको तेस्रो संस्करण पनि भव्य र सव्य हुने जानकारी गराउनुभयो ।
साथै उहाँले अवार्ड समारोहको मिति केही समयपछि तोकिने जानकारी दिनुभयो । अवार्डका संयोजक मदन गजमेर र प्रशान्त आग्रीले नेपाली संगीतक्षेत्रमा भइरहेका अन्य अवार्डभन्दा यसअवार्डको गरिमा बढ्ने काम गरिरहेको र कलाकर्मीहरूको मनमा बस्ने अवार्ड हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
अवार्डको तेस्रो संस्करणको जुरीमा गीतकार एक नारायण भण्डारी, गायक तथा संगीतकार तिलक सिंह पेला, निर्देशक बाबुराजा केसी (उज्ज्वल) र कोरियोग्राफर कविराज गहतराज रहनुभएको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच