एकातिर शक्ति र राजनीति आफैंमा एक सदैव समकालीन विषय हो जसले लामो इतिहासमात्रै होइन गहनता बोकेको छ । ऐतिहासिक रूपमा हेर्दा संयुक्त राष्ट्र संघको बडापत्र तथा सार्वभौम समानताको अवधारणाले सबै राज्यहरूलाई समान मानिए तापनि व्यवहारमा सार्वभौम राज्यहरूबीच असमानता पाइनु विडम्बना नै भएको छ । यसो हुनुमा उनीहरूकै भौगोलिक स्थिति, आर्थिक, सामाजिक, राजनीतिक तथा औद्योगिक शक्तिले गर्दा यी राज्यहरूबीच असमानता पाइन्छ । साथै शक्तिका आधारमा नै अन्तर्राष्ट्रिय राजनीति समेतको निर्धारण हुने गर्दछ ।
प्रथम विश्वयुद्धअगाडि युरोपेली महाशक्तिको स्थानमा दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघ अतिमहा शक्तिका रूपमा परिवर्तन भएका थिए भने सन् १९९० पछि अमेरिका एकल शक्तिका रूपमा विकशित भएको छ । २१औं शताब्दीको सुरुवातसँगै चीन पनि विश्वमहाशक्तिको रूपमा उदय भएको छ । तर कतिपय अवस्थामा ठूला शक्तिहरू पनि कमजोर र साना शक्तिहरू पनि शक्तिशाली बन्न सक्छन् भन्ने कुरासमेत विभिन्न घटनाक्रमले स्पष्ट गर्दै आएको छ । त्यसैले शक्ति र राजनीतिको बीचमा अध्ययन गर्नु आवश्यक देखिन्छ । सैद्धान्तिक रूपमा हेर्ने हो भने शक्ति र राजनीतिलाई राजनीतिक आधार, राष्ट्रिय हित, विदेश नीति, शक्ति, राजनीति र यथास्थिति र शक्ति र राजनीतिलाई प्रतिष्ठाको नीतिका रूपमा समेत अध्ययन गर्न सकिन्छ ।
राजनीतिक घटनाक्रमले मोड लिनका लागि एउटा बिन्दु आवश्यक हुन्छ । केही दिनअघिमात्र नेपाली कांग्रेसको महासमिति बैठक बस्यो । आगामी निर्वाचनामा कसैसँग गठबन्धन नगर्ने तथा एक्लै निर्वाचन लड्ने निर्णय गर्यो । त्यसले दलहरूमा एक प्रकारको तरंग पैदा गरायो ।
अर्कोतिर, प्रत्येक राज्यले जति अधिकार लागू गर्न सक्दछन् । त्यति नै ऊसँग अधिकार रहन्छ । उसले लागू गर्न नसक्ने अधिकार ऊसँग रहँदैन । राज्यले आफ्नो शक्ति र नेताहरूको सुझबुझबाट व्यवस्थामा लिन सक्ने जतिमात्र संसाधनमाथिको दवावमा पुरस्कार प्राप्त गर्न सक्छ । आफ्नो संशाधनमाथिको नियन्त्रण र प्रभाव क्षमतानुसार नै यसबाट लाभ लिन सक्छ । राज्यको सम्बन्धको निर्माण सामान्य सिद्धान्तका आधारमा मात्रै हुँदैन भन्ने कुरा बुझ्नु जरुरी देखिन्छ ।
शक्ति र राजनीति एक आपसमा जोडिएको हुन्छ तर राजनीतिलाई शक्तिमा बदल्दा वा शक्तिलाई राजनीतिमा बदल्दा त्यसले कसरी प्रभाव पार्न सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ । शक्तिका विभिन्न आधार खास गरी शान्तिपूर्ण आधार, सहयोग तथा प्रलोभन, भेद तथा हस्तक्षेपको षड्यन्त्र र दण्ड तथा युद्धका माध्यमबाट पनि शक्तिको आर्जन तथा प्रयोग गर्न सकिन्छ । तर, शक्तिको राजनीतिलाई कसरी र किन व्यवस्थित गरियो र गर्न थालियो भन्ने विषयमा बुझ्नु जरुरी देखिन्छ र यस सन्दर्भमा शक्ति सन्तुलनको प्रारूप, संशोधनवादी राज्यको चुनौतीको प्रारूप, शीतयुद्धको प्रारूप, गुट निरपेक्षेताको प्रारूप, बहुधु्रवीय प्रारूप, एकल धु्रवीय प्रारूपजस्ता घटनाक्रमले यसलाई स्पष्ट गर्दछ ।
विभिन्न देशहरूलाई साना शक्तिराज्य र ठूला शक्तिराज्य गरी विभिन्न वर्गमा विभाजित गर्दै गर्दा उनीहरूको सानो भौगोलिक क्षेत्रफल, थोरै जनसंख्या, स्रोत तथा सम्पदाको कमी, प्रतिस्पर्धाको कमी, अविकसित, परम्परावादी समाज, अन्तर्राष्ट्रिय भूमिका, साना राज्यका समस्या र चुनौती जस्ता विषयले पनि प्रभाव पार्ने गर्दछ । हुनत देशमा उतारचढाव हुँदा विभन्न शक्तिले प्रभाव पार्दछन् । खास गरी संनिक शक्ति, आर्थिक शक्ति र जनमतको शक्तिले प्रभाव पार्ने गर्दछ तर यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने शारीरिक शक्ति, मनोवैज्ञानिक शक्तिजस्ता शक्तिहरूले पनि आफैंमा गहन प्रभाव पार्न सक्छन् ।
यहाँनेर सबैले बुझ्नुपर्ने कुरा के हो भने कुनै देशको भौतिक भूगोल र भूराजनीतिक स्थिति, अवस्थिति, धरातलीय आकृति, सीमाना, प्राकृतिक सम्पदा, जनसांखिकी, अर्थतन्त्र, औद्योगिकीकरण, प्रविधि, मनोबल र राष्ट्रिय चरित्र आदिजस्ता विषयले समेत प्रभाव पार्ने गर्दछन् । राजनीतिक घटनाक्रमले मोड लिनका लागि एउटा बिन्दु आवश्यक हुन्छ । केही दिनअघिमात्र नेपाली कांग्रेसको महासमिति बैठक बस्यो । आगामी निर्वाचनामा कसैसँग गठबन्धन नगर्ने तथा एक्लै निर्वाचन लड्ने निर्णय गर्यो । त्यसले दलहरूमा एक प्रकारको तरंग पैदा गरायो । त्यसको केही दिनपछि भरपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरू थिए ।
एकातिर समाजवादी मोर्चाको नेतृत्व नेत्रविक्रम चन्द विप्लले लिनु, कांगे्रसमा महासमिति बैठबाट एक्लै निर्वाचन लड्ने निर्णय लिनु, अर्कोतिर चितवनको भरपुरमा एक खालको जामघट हुनुले चितवन समीकरण अर्थात् वर्तमान गठबन्धनको निर्माण भयो । नेपाली कांग्रेस सरकारबाट बाहिरिने र सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको छ भने अर्कोतर्फ खासगरी गठन भएको नयाँ सरकारका प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।
देशमा राजनीतिक अस्थिरता कायम रहँदासम्म राजनीतिक शक्तिमा उथलपुथल भइरहन्छ तर विडम्बनाको विषय के हो भने जनताले दिएको जनदेशलाई सम्मान गर्न नसक्ने, जिम्मेवारी पूरा गर्न नसक्ने प्रवृत्तिका कारण देशको अवस्था दर्दनाक बनेको छ । सरकार गठन गर्ने र विघटन गर्ने प्रवृत्तिले देशको अस्थिरतालाई मलजल गर्ने गरेको देखिन्छ । यदि सरकारमात्रै परिवर्तन भइरहने र जनताले सास्ती पाइरहने हो भने त्यसको खासै अर्थ देखिँदैन । पुरानो गठबन्धन केका लागि भत्काएर केका लागि नयाँ गठबन्धनको निर्माण भयो त्यो आश्चार्यको विषयमात्रै होइन त्यो त राजनीतिक स्वार्थको विषय पनि हुनसक्छ । किनभने अहिले पनि विभिन्न प्रवृत्ति देशमा कायमै छन् ।
एकातिर देश आफैंमा कमजोर बन्दै गएको अवस्थामा विभिन्न प्रणालीमा आधारित संयन्त्रले त्यसलाई जोगाउनुको सट्टा तहसनहस पार्न थालेको छ । धर्म, जात, वर्ग र लिंगको आधारमा गरिने राजनीतिले देशलाई सही मार्गमा लैजान सक्दैन तर उनीहरूको अवस्था र चेतनामा भने सुधार ल्याउन सक्दछ ।
अहिले राजनीतिक परिदृश्यले देशलाई सही मार्गमा लैजान सक्छ भन्ने कुरा विश्वास नै गर्न नसकिने अवस्था छ । किनभने देशमा यदि स्वार्थनिहित कार्यलाई बढावा दिन थालियो भने त्यसले विकासलाई ओझेलमा पार्न सक्दछ । एकातिर, सबै राजनीतिक दलहरू एकै ठाउँमा आउनु राम्रो पनि हो, एकताले एउटा सन्देश पनि दिन्छ तर सरकार निर्माणका लागि मात्रै गठबन्धन गर्ने प्रतिस्पिर्धाले विकासका कामहरूमा अवरोध पुग्न सक्छ ।
पछिल्लो समयमा मानिसहरू अत्याधिक मात्रामा विदेश पलायन हुन थालेका छन् । अध्ययनका नाममा, वैदेशिक रोजगारीका नाममा र वैदेशिक यात्राका नाममा अत्याधिक संख्यामा युवाशक्ति पलाउन हुँदै जाँदा त्यसले स्वतः देशको उत्पादनमा प्रभाव पार्दछ । देशमा विभिन्न योजना तथा आयोजनाहरू निर्माण हुन्छन् तर ती योजना र आयोजनाको प्रतिफल प्रायः शून्य हुँदा त्यसले विभिन्न क्षेत्रमा प्रभाव पार्ने गरेको पाइन्छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा त्यसले विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । यी सबै क्षेत्र निर्माण गर्न तथा व्यवस्थित गर्न वा गराउन राजनीतिक स्थिरता अनिवार्य रहन्छ । नेपालको इतिहासको विभिन्न कालखण्डमा विभिन्न उतरचढाव नभएका होइनन् तर त्यस खालका उतारचढावले देशमा खासै सुधार ल्याउन नसक्दा पात्र, प्रवृति र अवस्थामाथि नै नागरिकहरूले प्रश्न उठाउने गर्दछन् ।
एकातिर देश आफैंमा कमजोर बन्दै गएको अवस्थामा विभिन्न प्रणालीमा आधारित संयन्त्रले त्यसलाई जोगाउनुको सट्टा तहसनहस पार्न थालेको छ । धर्म, जात, वर्ग र लिंगको आधारमा गरिने राजनीतिले देशलाई सही मार्गमा लैजान सक्दैन तर उनीहरूको अवस्था र चेतनामा भने सुधार ल्याउन सक्दछ । फरक-फरक सिद्धान्त र राजनीतिक पृष्ठभूमिका दलहरू सत्ता प्राप्तिका लागि एक ठाउँमा आउनु पनि नेपालका लागि कुनै नौलो कुरा होइन तर सत्ता प्राप्तिमात्रै राजनीति होइन । विश्वका विभिन्न घटनाक्रमबाट नेपालले पनि केही सिक्नु जरुरी देखिन्छ । पूर्वीय तथा पश्चिमी राजनीतिक दर्शनले देखाएका मार्गलाई अनुसरण गर्नु जरुरी देखिन्छ ।
एकातिर जनताका साना साना समस्यालाई सम्बोधन गर्न नसक्ने, अर्कोतिर ठूलाठूला योजना र आयोजनाको प्रतिफल खासै नहुने कारणले राज्य असफल हुँदै गएको देखिन्छ । विभिन्न सन्धि तथा सम्झौतामा अझै पनि नेपालको बलियो उपस्थिति छैन । पारदर्शिता र जवाफदेहीतामा धेरै सुधार गर्नुपर्ने देखिन्छ । देशको राजनीतिलाई कानुनले निर्देशित गर्नुपर्ने समयमा अहिले व्यक्तिले निर्देशित गर्नुपर्ने अवस्था छ जुन विडम्बनाको विषय हो र त्यसले समग्र देशलाई र देशका विभिन्न पक्षलाई अस्थिरतातर्फ धकेलिरहेको छ । पछिल्लो समय राजनीतिले इमानदारीता गुमाइरहेको स्पष्ट हुन्छ । दर्शनशास्त्री म्याकेवलीले तर्क गरेको जस्तो इथिक्स नेपाल र नेपाली राजनीतिज्ञहरूसँग कायम रहन सकेको छैन । यसलाई सुधार गर्नुपर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच