उदयपुर। मदनभण्डारी राजमार्ग अन्तरगत उदयपुरको नेपालटार–गाईघाट सडकखण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा सोमबार बिहान बस र मोटरसाईकल एकआपसमा ठोकिए भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
दुर्घटना परि गम्भीर घाइते भएका सुर्यदय नगरपालिका–११ इलामका २३ बर्षिय प्रगित राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम गइरहेको प्रदेश १–०१ ०१६ प ४७६ नम्बरको मोटर साईकल बिपरित दिशाबाट आईरहेको स १ ख ८१६ नम्बरको बस सङ्ग ठोकिन पुगेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार बस गलत साईडमा आएर बाईक सङ्ग ठोकिन पुगेको थियो । मोटरसाइकल पूर्ण क्षती भएको छ भने बसमा पनि क्षती पुगेको छ ।
-सराेज निराैला
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच