
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप २०२४ मा नेपालले सबैभन्दा बढी पदक जितेको छ । नेपाल सुपर लिग (एनएसएल) र पिकलबल संघ नेपाल (प्यान) ले ललितपुर टेनिस कोर्टमा संयुक्तरूपमा आयोजना गरेको राष्ट्रिय टेनिस प्रतियोगितामा नेपाल कुल ५३ पदकसहित प्रतियोगितामा शीर्ष स्थानमा रहेको हो ।
नेपालको पदक तालिकामा २० स्वर्ण, १३ रजत र २० कांस्य रहृयो । भारत नौ स्वर्ण, १६ रजत र ११ कांस्यसहित ३६ पदकसहित समग्रमा दोस्रो स्थानमा रहृयो । सिंगापुर ७ स्वर्ण, १ रजत र चार कांस्य पदकसहित शीर्ष तेस्रो भयो । ग्रेट ब्रिटेन चौथो स्थानमा छ भने थाइल्याण्ड समग्र वरीयतामा पाँचौँ स्थानमा सीमित भयो ।
नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिपमा नेपालसहित बेलायत, सिंगापुर, थाइल्याण्ड र भारतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमपछि बोल्दै प्यानका अध्यक्ष सौरभ भण्डारीले नेपालमा पहिलोपटक आयोजना भएको प्रतियोगिताको ऐतिहासिक महत्व रहेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच