हतारमा शिलान्यास गरिएको खजुरा पुलको निर्माण ठप्प

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीमा हतार हतार गरेर शिलान्यास गरिएको खजुर खोला पुलको अलपत्र परेको छ । करीब १० करोडको लागतमा निर्माणधिन नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलाको पुलको काम रकम अभावमा बन्द भएको छ ।

लामो समय सम्म सरकारले ठेकेदार कम्पनीलाई भुक्तानी नदिएपछि अन्ततः पुल निर्माणको काम ठप्प बनेको हो । निर्माण ब्यवसायीले अहिलेसम्म काम गरेबापतको पाउनुपर्ने १ करोड १० लाख मध्ये नेपाल सरकारले १६ लाख मात्र भुक्तानी दिएको छ । पाउनु पर्ने बाँकी रकम नपाएको भन्दै निर्माण ब्यवसायीले काम नगर्ने बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । 'समयमा नै भुक्तानी नपाएको भन्दै जानकारी गराएर काम बन्द गरेको छ । रकम भुक्तानीका लागि केही महिना अघि नै अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाएका थियौ अहिलेसम्म नआएपछि काम गर्दिन भनेर निर्माण व्यवसायी गएपछि बन्द भएको छ ।' नगर प्रमुख श्रेष्ठले भन्नू भयो- 'सरकार परिवर्तन सगै अर्थमन्त्री फेरिएकाले चैतभित्र फेरि अर्थ मन्त्रालय गएर रकमको माग गर्ने श्रेष्ठको भनाइ छ ।'

खजुरा पुलका लागि हामी धेरै पटक धाएर काम अघि बढेको बताउदै नगर प्रमुख श्रेष्ठले अहिले भुक्तानी मै समस्या रहेकोले निर्माण कम्पनीले काम नगरेको बताउनु भयो । पुल निर्माणको काम झन्डै १० प्रतिशतको हाराहारीमा मात्र सकिएको छ ।

वर्षायाममा खोला तर्न कठिनहुँदा बर्दघाटसँगै छिमेकीपालिकाहरु सुस्ता र प्रतापपुर गाउँपालिकाका स्थानीयहरु लामो दुरी भएर आवतजावत गर्नुपर्ने बाध्यतालाई हटाउन खोलामा पुल निर्माणको योजना परेको थियो । बहुवर्षिय योजनाका रुपमा रहेको पुल निर्माणको शिलान्यास नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले शिलान्यास गर्नु भएको थियो ।

सम्झौतापछिको लामो समयसम्म निर्माण कम्पनीले काम अधुरो बनाएर छाडेपछि नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम सुरु गराएको थियो । २०७७ सालमा श्रीमृत संजिवनी निर्माण सेवाले ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?