काठमाडौं । महिला कृषि उद्यमीहरूको आर्थिक सशक्तीकरणका लागि वित्तीय सेवामा पहुँच अभिवृद्धिका लागि केयर नेपाल तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सहकार्य गर्ने भएका छन् । भूमिहीन तथा सीमान्तकृत महिला किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यका साथ केयर नेपालले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडसँगको साझेदारीमा वित्तीय सेवामा पहुँच विस्तार गर्न नगदरहित कारोबारमा आधारित किसान कार्ड पहलको सुरुवात गरेको छ । किसान कार्ड बैंक वा वित्तीय सस्थामा पहुँच नभएका समुदाय, विशेषगरी महिला कृषि उद्यमीलाई वित्तीय सेवामा पहुँच प्रदान गर्न डिजाइन गरिएको एक विशेष वित्तीय साधन हो ।
उक्त सहकार्यले वित्तीय समावेशीकरण प्रवद्र्धन गर्ने तथा भूमिहीन र महिला किसान एवं कृषि व्यवसायसँग सम्बन्धित मूल्य शृंखलाका पात्रका लागि नगदरहित कारोबार सहज बनाउने लक्ष्य लिएको बताइएको छ । किसान कार्डले किसानलाई ऋण सुविधामा पहुँच प्रदान गराउने र कृषि क्षेत्रभित्र नगदरहित कारोबार सुव्यवस्थित गर्ने लक्ष्य लिएको छ ।
अत्याधुनिक क्युआर कोड तथा ओटिपी प्रणालीमा आधारित प्रविधि उपयोग गरी किसान कार्डमार्फत् किसानले सहज एवं सुरक्षित तवरले कृषि सामग्री, उपकरण र आवश्यक कृषि सेवा खरिदका साथै स्थानीय कृषि व्यवसायीसँग कृषि उत्पादन बिक्रीसमेत गर्न सक्नेछन् । उक्त प्रक्रियामा आर एण्ड डी इन्नोभेटिभ सोलुसन्सले प्रविधिका साथै व्यवसाय तथा वित्तीय क्षमता अभिवृद्धि र मूल्य शृंखलाको प्रभावकारी समन्वयका लागि सहजीकरण गर्नेछ भने राष्ट्रिय कृषक समूह महासंघले किसानको पहिचान, कृषि प्रसार र वित्तीय संस्थासँग समन्वय गर्ने केयर नेपालका राष्ट्रिय निर्देशक मोना शेर्पाले बताउनुभएको छ ।
केयर नेपालले उल्लेखित सरोकारवाला निकायसँगको साझेदारीमा पहिलो चरणमा नेपालका उदयपुर, सप्तरी र सिरहा जिल्लाका सीमान्तकृत समुदायका छ हजार भूमिहीन, सीमान्तकृत तथा महिला किसानलाई किसान कार्डमार्फत् वित्तीय सेवा प्रदान गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच