काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रवारको काँग्रेसले गरेको संसद अवरोधलाई सरकार छोड्नुपर्दाको पीडाका रुपमा चित्रण गर्नुभएको छ ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको बताउनु भयो । उहाँले काँग्रेस पानी बिनाको माछा झैँ छटपटी रहेको बताउनु भयो । उहँँले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरु अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याउन सक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस सरकार छोड्दाको पीडा एक हप्तासमेत पनि सहन नसक्ने यस किसिमको छटपटीमा काँग्रेस हुन्छ होला भन्ने लागेको थिएन । काँग्रेस पानी बिनाको माछा झैँ छटपटी जस्तो भएको छ । तीन दिन भयो विश्वासको मत लिएको सरकारले । यस प्रकारले काँग्रेसले आजैदेखि संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरु अघि बढ्न रोक्ने जे अवस्था सिर्जना ग¥यो, यसले वास्तमा लाज पनि लजाउने अवस्था भएको छ । नेपाली काँग्रेसले आफूलाई सोच्नुपर्छ । जे उहाँहरुले गर्नुभयो, यति महत्वपूर्ण विनियोजन विधेयकका प्राथमिकतामा छलफल थियो, त्यसमा पनि बिरोध गर्नुभयो, काँग्रेसले जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याओस्, यो आग्रह छ ।’
उहाँले काँग्रेसले संसद अवरोध गर्दा महत्वपूर्ण विधेयकहरुमा छलफल गर्नबाट वञ्चित हुनुपरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच