
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रवेश गरेका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । आर्मीले यस सिजनमा पिएम कप र केपी आली कप गरी दुई पटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेस प्रदेशसँग फाइनलमा पराजित भएको हो ।
टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १६३ रनको योगफल तयार पारेको थियो । सुदूरका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन बनाउनुभयो । उहाँले १७ बलमा हाफ सेञ्चुरी बनाउनुभएको थियो । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिँदा नितेश पटेल ३ विकेट लिनुभयो ।
जवाफमा १६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्धसतकले १९ दशमलव १ बलमा ५ विकेटको सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा २ छक्का र ५ चौका प्रहार गरि अविजित ५० रनमा बनाउँदा तृतराजथ दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाउनुभयो । सुदूरका दीपक बोहोराले २ विकेट लिँदा हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिनुभयो ।
दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाई १५१ रनको स्कोर बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाटीले ३९ बलमा १ छक्का र १० चौका प्रहार गरी ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिनुभयो । कर्णालीका प्लेयर अफ म्याच दीपेन्द्र रावतले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिँदा प्रकाश जैसीले ३ विकेट दिवान पुनले २ विकेट लिनुभयो ।
जवाफमा १५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव ५ बलमा ५ विकेट सो विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरी अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिनुभयो । एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौं विकेट गएको थियो । घर्ती र अधिकारीले छैटो विकेटकालागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गर्नुभयो । त्यस्तै रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिनुभयो । लुम्बिनीका वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले समान १-१ विकेट लिनुभयो ।
फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच