काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका विदेश सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दायर गरिएको छ ।
गुरुङविरुद्ध सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
१ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जना विरुद्ध मुद्दा दायर भईसकेको छ । मुद्दा दायर भएका मध्ये ७ जना पुपर्क्षका लागि थुनामा छन् भने २ जना फरार छन् ।
बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता गरेको भन्सार कार्यालय स्रोतले जनाएको छ ।
गुरुङ काठमाडौंको डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनलाई सुन प्रकरणमा जोडिएको पाएपछि सीआईबीले गत फागुन १४ गते पक्राउ गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच