
रुपन्देही । तिलोत्तमा ४मा रहेको सितारा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुका लागि आधारभूत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।
सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै ९ सहकारीका अध्यक्ष मात्रिका ज्ञवालीले शेयर सदस्य मात्रै बनेर बस्ने परम्परा हटाउनका लागि यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने बताउनु भयो। उहाँले सहकारीका सदस्यहरुलाई तालिमले अझै जिम्मेबार हुन प्रेरणा पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
उहाँले सहकारीमा आधापेट खाएर वा बिभिन्न सानातिना काम गरेर बचत भएकाे संचिति जम्मा गर्ने उद्देश्यले जम्मा गरेको पैसा सुरक्षित रहेको बताउनु भयो। सेयर सदस्यहरुलाई सहकारीको अवस्था कस्तो छ ? के भइरहेको छ ? हाम्रो लगानीको अवस्था कस्तो छ ? यसका नीति नियम कस्ता रहेका छन् ? भनेर सहकारी शिक्षा तालिम दिएको उहाँले बताउनु भयो। यसरी नै सहकारीका सबै सदस्यहरुलाई यो तालिम दिईने उहाँले जानकारी दिनुभयाे ।
उदघाटन कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष रामबहादुर खड्काले सहकारीको नीति नियम र ऐन अनुसार सञ्चालनमा रहेकाे बताउनु भयाे । सितारा सहकारीमा कुनै समस्या नभएको समेत उहाँले बताउनु भयाे ।
गलत मनसायले सञ्चालन भएका सहकारीमा मात्र समस्या भएको बताउँदै उहाँले अहिलेको आवश्यकता भनेको सहकारीका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम दिनु रहेको बताउनु भयो।
सहकारीका उपाध्यक्ष रमेश पराजुलीको स्वागतमा भएको तालिम बुटबल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणखर खनालले सहजीकरण गर्नु भएको थियो। उहाँले प्रविधि, अनुसन्धान र विकासमा लगानी गर्ने जोखिम व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने बिषयमा जानकारी गराउनु भयो।
उहाँले सहकारीकाबीच आपसी सहकार्य गर्ने ऋण असुली तथा बाँकी बक्यौता सम्बन्धी सहकारी ऐनको कार्यान्वयन गर्ने सहकारी शिक्षा, तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने सहकारी सम्पत्ति व्यवस्थापन कम्पनी गठन गर्ने संस्थागत सुशासनलाई सुदृढ बनाउने बिषयमा जानकारी गराउनु भयो।
खनालले नियामकीय संरचनालाई बलियो बनाउने सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्ने लगायतका बिषयमा छलफल गर्नु भएको शिक्षा समितिका सदस्य कृष्णबहादुर थापाले बताउनु भयो।
सहकारीका कोषाध्यक्ष एवं शिक्षा समितिका संयोजक पिताम्बर खनालले मुलुकमा सहकारी क्षेत्रमा असल अभ्यास मात्र नभएर कतिपय गलत अभ्यासका कारण सहकारीप्रति मानिसको नैराश्यता देखिएकाे बताउनु भयाे । सहकारी अभियान र सरकारी निकायका पदाधिकारीहरूको बुझाइमा एकरूपता कायम गर्न सहकारी शिक्षा प्रशिक्षण तालिमकाे आवश्यकताबारे उहाँले बताउनु भयाे ।
२०६४ सालमा स्थापना भएको सितारा बचत तथा ऋण सहकारीमा ७सय ३७ सेयर सदस्यहरु रहेको र ३ सय ३१ महिला र अरु बाँकी पुरुष रहेको संस्थाका अध्यक्ष मात्रिका ज्ञवालीले बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच