काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले लुम्बिनी प्रदेशको बुटवलमा कुखुरापालन परियोजनाका लागि साझेदारीको शुभारम्भ गरेको छ । कृषि तथा सम्बन्धित क्षेत्रका सरोकारवालालाई एकसाथ ल्याएको कार्यक्रमले नेपालको कुखुरापालन उद्योगको सफलताका लागि महत्वपूर्ण सहकार्यात्मक प्रयासमाथि जोड दिएको छ । नेपाली कम्पनी श्रीनगर एग्रिटेकले कार्यान्वयन गर्ने २० लाख अमेरिकी डलरको तीन वर्षीय युएसएआइडी परियोजनाले कुखुरापालन बजार प्रणाली बलियो बनाउनुका साथै सात हजार साना किसान तथा व्यवसायको आयमा वृद्धि गर्नेछ । परियोजनाको उद्देश्य निजी क्षेत्रद्वारा सञ्चालित समावेशी तथा दिगो वृद्धिलाई सघाउनु रहेको युएसएआइडीले जनाएको छ ।
कुखुरापालन उद्योगले व्यापक आर्थिक वृद्धिलाई चलायमान बनाउँदै अत्यावश्यक रोजगारी, आय, खाद्य सुरक्षा र पोषण प्रदान गर्ने भएकाले नेपालमा महत्वपूर्ण हुने बताइएको छ । नेपालको ग्रामीण अर्थतन्त्रमा कुखुरापालनले विशेषगरी महिला तथा सीमान्तकृत समूहलाई महत्वपूर्ण स्वरोजगारका अवसर प्रदान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेललगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा उत्कृष्ट करार कृषकको उच्च कदर गर्नुका साथै युएसएआइडीको परियोजनामार्फत् कुखुरापालन किसान तथा व्यवसायका लागि उपलब्ध उन्नत सेवाको प्रदर्शन गरिएको थियो ।
युएसएआइडी नेपालका कार्यवाहक निर्देशक कारेनवेल्सले भन्नुभयो, ‘यस परियोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरणकारी वृद्धिका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने र अर्थपूर्ण सरकारी-निजी साझेदारीको सिर्जना गर्ने दिशामा युएसएआइडीको प्रतिबद्धता प्रदर्शन गर्दछ ।’
अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसनमिक्सले नेपालमा उत्थानशील तथा दिगो कृषि उद्योग निर्माण गर्न युएसएआइडीको साझेदारीको भूमिका र देशभरिका समुदायका लागि सुधारिएको खाद्य सुरक्षा तथा पोषणमा यस्ता साझेदारीले महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
सन् २०११ देखि हालसम्म युएसएआइडीले १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरी आठ लाखभन्दा धेरै नेपालीलाई सुधारिएको कृषि उत्पादकत्व र बढेको बिक्रीमार्फत् आयआर्जन वृद्धि गर्न सहयोग पुर्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच