नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैछ ।

महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराइले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन ।

जसअनुसार आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ ।

महेन्द्रराय यादव पक्षधर नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए । मुलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ ।

शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितितमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?