आफ्नो कब्जामा रहेको नेपाली सार्वजनिक गर्दै युक्रेनले भन्यो-‘रुसी सेनामा भर्ना नहुनु’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युक्रेनले पाँच जना नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकलाई सार्वजनिक गरेको छ ।

शुक्रबार आफ्नो कब्जामा रहेका पाँच जना नेपालीलाई सार्वजनिक गर्दै युक्रेनले रुसी सेनामा आफ्ना नागरिकको भर्ना रोक्न नेपालसहितका देशलाई आग्रह गरेको हो ।

यसरी सार्वजनिक हुने नेपालीहरुमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन रहेका छन् । अर्का एक नेपालीको भने पहिचान खुलेको छैन । उनीहरूलाई सैन्य पोसाकमै सार्वजनिक गरिएको थियो।

समाचार संस्था रोयटर्सका अनुसार युक्रेनले सार्वजनिक गरेका अन्य युद्धबन्दीहरू सोमालिय, क्युवा र सेरेआलियोनका रहेका छन् ।

युद्ध बन्दीहरु सार्वजनिक गर्दै युक्रेनका अधिकारीहरुले मस्कोले युद्धमा भाडाका सैनिकहरु प्रयोग गरेको र आफूले त्यसको कडा प्रतिवाद गर्ने बताएका थिए ।

‘कब्जामा लिइएका नागरिकहरू सार्वजनिक गरेर हामीले थप उग्र र प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको सन्देश दिएका हौँ जसकारण अझै दशौँ हजार मानिसहरूलाई विपक्षीहरूले फकाएर भर्ती गर्न नपाउन्’ युद्धबन्दी हेर्ने युक्रेनी अधिकारी पेट्रो यात्सेन्कोलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

रुसले न्यून आय भएका देशका नागरिकलाई युद्धको अग्रमोर्चामा खटाएको युक्रेनको आरोप छ ।

–बिबिसीको सहयोगमा तयार सामग्री

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?