काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ पछि काठमाडौं ल्याइएकाे छ । महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा ल्याइएको छ ।
सीआइबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयाे । महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिइ भैरहवाबाट यती एयरलाइन्स मार्फत काठमाडाैं ल्याइएकाे हाे ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । आइतबार गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएकाे थियाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच