भोजपुर । आगलागीबाट घरबार बिहिन बनेका भोजपुरका अग्नी पीडितहरुलाई प्रदेश सांसद तथा नेपाली कांग्रेसका भोजपुर सभापति बिनोद बान्तवा र भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेसहित वडाहरुबाट राहत सामाग्री सहयोग गरिएको छ ।
गत शनिवार नजिकैको जंगलमा लागेको डढेलो बस्तीमा आउँदा घरवार गुमाउने भोजपुर नगरपालिका वडा नम्वर १२, मालबाँसेका अग्नी पीडितहरुलाई सोमबार घटनास्थलमा पुगेर राहतका सामाग्रीहरु बितरण गरिएको हो ।
नगरपालिकाको तर्फबाट पाँच परिवारलाई एक बोराको दरले चामल, एक काटुन तेल, साबुन, चिनी र नुन बितरण गरिएको छ । यस्तै प्रदेश सांसद बान्तवाको तर्फबाट पनि पाँच बोरा चामल र प्रति परिवार एक लिटर तेल बितरण गरिएको छ ।
यस्तै वडा नम्वर १२ टक्सारले खानेपानीको लागि ड्रम र बसोवासमा समस्या भएका दुई अग्नी पिडित परिवारलाई चार बन्डेल जस्तापाता सहयोग गरेको छ । तत्कालका लागि पिडित परिवारलाई राहत दिनका लागि यी सामाग्री बितरण गरिएको भोजपुर नगरपालिका प्रमुख आलेले बताउनुभयो । आगामी दिनमा गरिने सहयोगहरुका बिषयमा बैठक बसेर निर्णय गरिने प्रमुख आलेको भनाई रहेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरले पनि पीडित परिवारलाई आवश्यक सामाग्रीहरु सहयोग गरेको सभापति तुलबहादुर सुब्वाको जानकारी दिनुभयो । रेडक्रमले अखाद्य सामाग्रीहरु अग्नी पिडितलाई बितरण गरेको हो ।
आगलागीबाट बसोवास गर्दे आउनु भएका स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्की लगायतको परिवारलाई राहत उपलब्ध गराईएको हो ।
आगलागीबाट सात घर पूर्णरुपमा जलेर नष्ट भएको भए पनि दुई घरमा भने बसोवास थिएन । यस्तै आगोलागीबाट १० वटा गोठहरु समेत जलेर नष्ट हुदाँ एक करोड तीन लाख बरावरको क्षति भएको प्रारम्भिक बिवरण संकलन भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच