धनुषा । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गर्नुभएको हो ।
नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले मधेस प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभएको छ । संविधान, कानुन तथा विधिअनुसार प्रदेश प्रमुखले गर्नुपर्ने जिम्मेवारी आफूले निष्पक्ष तथा तटस्थ रुपमा पूरा गर्ने नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीको प्रतिबद्धता छ । नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले माता जानकीको जन्मभूमिमा आएर सेवा गर्न पाउनु सौभाग्य भएको पनि बताउनुभएको छ ।
नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीलाई प्रदेशसभाका सदस्य, कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, समाजसेवीले स्वागत गर्नुभएको छ । मधेसका प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गर्नुअघि जानकी मन्दिरमा पूजापाठ गर्नुभएको थियो । यसअघि प्रदेश प्रमुख सुवेदीलाई कार्यालय परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच