बागलुङ । बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस आज साझ ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको उहाँको भनाइ छ । अहिले उद्धार कार्य जारी रहेको र घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिदै गरेको उहाँको भनाइ छ ।
घटनाको थप विवरण आउन वाँकी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच