काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गर्नुभएको हो । आजको बैठकमा विधेयकमाथि छलफल भएको छ ।
भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाइ अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन भन्दै सरकारले यो विधेयक संसद्मा दर्ता गराएको थियो ।
भन्सार महसुल सङ्कलनमा दक्षता र प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले यो विधेयक संसद्मा दर्ता भएको हो । त्यसैगरी भन्सारको प्रक्रियाको सरलीकरण एवं सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (रिभाइज्ड क्योटो कन्भेन्सन) बमोजिमका प्रावधानलाई कानुनमा व्यवस्था गर्नका लागि पनि यो विधेयक ल्याइएको जनाइएको छ ।
नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । क्योटो महासन्धिमा भएको व्यवस्थाअनुसार सदस्य राष्ट्रहरुले सदस्य भएको तीन वर्ष सामान्य प्रावधान र पाँच वर्षभित्र सङ्क्रमणकालीन मापदण्ड कार्यान्वयनमा ल्याइसक्नुपर्ने हुन्छ । महासन्धिको उक्त व्यवस्था कार्यान्वयनका लागि पनि यो कानुनको मस्यौदा तयार पारेर संसद्मा दर्ता भएको हो ।
छलफलमा बोल्दै नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले भन्सार छलीको समस्या समाधान हुने गरी भन्सार विधेयक बनाउन जरुरी रहेको बताउन भयो ।
बैठकमा भन्सार विधेयकबारे छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सेटिङ लगायतका अनगिन्ति बदनियतहरु रहेको भन्दै भन्सारलाई पारदर्शी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले ज्ञान, विवेकले काम गरेन भने कानूनले निर्देशित गरेर भन्सारमा हुने अनियमितता रोक्न जरुरी रहेको बताउनु भयो ।
नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजश्व चुहावट रोक्नका लागि राजश्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताउनु भयो ।
भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले प्रक्षेपण गरेको जति राजश्व उठ्न नसकेको बताउनु भयो । उहाँले राजश्वका नाकाहरुमा पारदर्शिता नभएको, मुल नाकाहरु भन्दा बाहिरबाट सामान आयात निर्यात भएको बताउनु भयो ।
उहाँले भन्सार तोकिएका वस्तुहरुको मूल्य फरक हुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको उल्लेख गर्नुभयो ।
उहाँले राजश्वलाई देश निर्माणको आधार बनाउन आवश्यक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच