काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) ले लगानी सम्मेलन २०२४ मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय भएको एनआरएनएले जनाएको छ ।
छलफल गैरआवासीय नेपालीहरूको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली संघको सहकार्य र सहभागितामा केन्द्रित थियो ।
अध्यक्ष डा. केसीले लगानीसम्बन्धी यस्ता सम्मेलन बर्सेनि आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भिœयाउन सकिने धारणा व्यक्त गर्नुभयो । एनआरएनए नेपाल डेभलपमेन्ट फण्डमार्फत् हाल गैरआवासीय नेपालीको १० अर्ब लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पु¥याउने लक्ष्य संघको रहेकाले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको उहाँको भनाइ थियोे ।
सो अवसरमा लगानी बोर्डका प्रमुख सुशील भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरू तथा विदेशीसँग समन्वय गरेर लगानी सम्मेलनमा प्रभावकारी सहभागिता जनाउन एनआरएनलाई आग्रह गर्नुभयो । विगतमा एनआरएनएसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा पनि एनआरएनएको सहभागिता सक्रियरूपमा हुने विश्वास व्यक्त गर्नुभयो । छलफलमा अध्यक्ष डा. केसीसहित एनआरएनएका प्रमुख कार्यकारी अधिकृत नेपाल डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई र अधिकृत कुनाल मिश्रको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच