काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।
पीडितहरूले बिहीवार समितिका सभापति रामहरि खतिवडासमक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत अन्यविरुद्ध उजुरी दिएका हुन् ।
उक्त सहकारीले १८ हजार ७०० वचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भएपनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरुले बताएका छन् ।
रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई(जिबि राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरुले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।
‘विगत लामो समय लगाएर, आफ्नो अमूल्य समय खर्चेर, आफ्ना परिवारका इच्छा–आकांक्षालाई निमोठेर छोराछोरीको उज्वल भविष्य र बिरामीको औषधि उपचार र बूढाबूढी भएका बा–आमाको खानपिन, औषधिमुलोका साथै मृत्युपश्चात् काजकिरियाका लागि यस सहकारीमा बचत जम्मा गरिएको थियो,’ उजुरीमा भनिएको छ ।
पीडितहरुको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले राज्यले पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताउनु यभो ।
सरकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास व्यक्त गर्दै खतिवडाले गृहमन्त्री रवि लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैँ सरकारमा भएको बेलामा समस्या समाधान गरिदिनुपर्ने बताउनु भयो ।
राज्य व्यवस्था समितिको क्षेत्राधिकारमा गृह मन्त्रालय पर्ने भएपनि सहकारी पीडितको उजुरी हेर्ने विषयमा संसद्को नियमावलीले समितिलाई अधिकार दिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच