![प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत सामना गर्ने](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/prachanda-pm-1.jpg)
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ।
चेन्नईले अहिलेसम्म ५ आईपीएल उपाधि जितेको छ । चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो।
यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेका छन्। चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान बनाएको छ। चेन्नईले यस सिजनमा न्यूजील्याण्डका रचिन रविन्द्रलाई भित्र्याएको छ। उनको यो आईपीएल डेब्यू हो।
यता रोयल च्यालेन्जर्स बैंगलोरले भने अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन। फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले यस सिजनमा अस्ट्रेलियाका ब्याटिंग अलराउण्डर क्यामरुन ग्रीनलाई भित्र्याएको छ।
उद्घाटन समारोहमा गायक एआर रहमान, सोनु निगम र बलिउड अभिनेता अक्षय कुमार, टाइगर श्राफले प्रस्तुति दिने भएका छन्।
![बहराइनसँग नेपालको फराकिलो हार](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/nepal-vs-baharain.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच