कैलाली । धनगढी उप महानगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नयाँ शैक्षिक शत्रदेखि सामुदायिक विद्यालयको कार्य सम्पादन मुल्याङ्कन गर्ने भएको छ । कार्य सम्पादन मुल्याङ्कनका लागि धनगढी उप महानगरपालिका र सामुदायिक विद्यालयका प्रधानाध्यापक विच सहमति पत्रमा हस्ताक्षरसमेत भएको छ ।
नयाँ शैक्षिक शत्र देखि विद्यालयले गरेका हरेक क्रियापलापको अभिलेख तयार गरी सो अभिलेखका आधारमा विद्यालयको मासिक मुल्याङ्कन हुने छ । मुल्याङ्कनक आधारमा उप महानगरपालिकाले उत्कृष्ट विद्यालयलाई सम्मान गर्ने जनाएको छ । सहमति हस्ताक्षर कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सामुदायिक विद्यालयको गरिमा फर्काउन, शैक्षिक गुणस्तर बढाउन र अभिलेखलाई प्रभावकारी बनाउन सो कार्य गरिएको बताउनु भयो ।
उप महानगरले शिक्षामा लगानी पहिला भन्दा बढाएको भन्दै नगर प्रमुख शिक्षा र स्वास्थ्य नागरिकका लागि महत्वपूर्ण रहेको बताउनु भयो । नगर प्रमुख हमालले उप महानगरको क्षमताले भ्याउने गरी शिक्षामा लगानी गर्न र साधन श्रोत बढाउन कुनै कन्जुस्याई नगर्ने बताउनु भयो । तर शिक्षा क्षेत्र सुधारका लागि उप महानगरको लगानीले मात्रै नपुग्ने देखिएको उहाँले बताउनु भयो ।
‘शिक्षामा लगानी बढाउन दातृ निकाय तथा निजी क्षेत्रसंग पनि हामीले समन्वय गरिररहेका छौं,’ नगर प्रमुख हमालले भन्नुभयो, ‘विभिन्न क्षेत्रबाट सहयोग पनि आइरहेको छ ।’ उप महानगरको आफ्नै मात्र श्रोतले स्कुललाई राम्रोसंग सञ्चालन गर्न सकिंदैन भन्ने ज्ञान भएर ‘नगर प्रमुख शैक्षिक कोष’ सञ्चालन गरिएको नगर प्रमुख हमालले बताउनु भयो । सो कोषमा दाता र निजी क्षेत्रको लगानी संकलन गरी विद्यालय शिक्षामा लगानी गर्ने योजना बनाइएको उहाँले बताउनुभयो ।
उहाँले पहिलो चरणमा छात्रलाई पोषाक उपलब्ध गराइने बताउनु भयो । सके सवैलाई गर्ने र नसके पहिलो चरणमा आधार छात्र विद्यार्थीलाई स्टिकर सहतिको पोषाक प्रदान गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । नगर प्रमुख हमालले विद्यालय सुधारका लागि माग हुने लगानी गलत नभएपनि उप महानगरको श्रोतले नभ्याउदा समस्या भएको बताउनु भयो ।
नगर प्रमुख हमालका अनुसार सामुदायिक विद्यालयको कार्यसम्पादन गर्ने कार्यक्रमबाट विद्यालयमा राम्रो अभ्यासको थालनी गर्न थालिएको बताउनु भयो । त्यसलाई अन्यथा नलग्न पनि उहाँले आग्रह गर्नुभयो । ‘यो विद्यालयको अभिलेख राख्ने, एउटा सिस्टम बसोने कार्यको थालनी हो,’ नगर प्रमुख हमालले भन्नुभयो, ‘त्यसले शिक्षकलाई पनि स्मार्ट बन्न सहज हुने र विद्यालयको प्रगति पनि राम्रो हुने छ, पहिलो पटक गरिएको प्रयास भएका कारण केही त्रुटीपनि हुन सक्छन्, त्यसलाई हामी सच्याउने छौं ।’
नगर प्रमुख हमालले विद्यालयमा रहेका प्रधानाध्यापकलाई हटाउने वा अन्त पठाउने कार्य आफुले नगर्ने बताउनुभयो । ‘हामीले सिवद्यालय शिक्षा र व्यवस्थापन सुधारको प्रयास गरेका हौं,’ हमालले भन्नुभयो, ‘तर कर्मचारीलाई चलाउने र उनिहरुलाई नराम्रो व्यवहार गर्ने मनसाय हाम्रो छैन, त्यसैले सवै शिक्षक कर्मचारीले यसलाई सकारात्मकरुपमा लग्नु जरुरी छ ।’
नगर प्रमुख हमालले कतिपय विद्यालयमा प्रधानाध्यापकलाई पनि नटेरेर शिक्षकले मनमानी गर्नेगरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ शैक्षिक शत्र देखि ई–हाजिरीको व्यवस्था गरिने बताउनु भयो । ई–हाजिरी गर्दा कुन शिक्षक कहाँछ, विद्यालयमा आयोकी आएन भन्ने कुराको अभिलेख उप महानगरको कार्यालयमै बसेर हेर्न सकिने व्यवस्था गरिएको बताउनु भयो ।
अव हाजिरिका आधारमा शिक्षाको तलव निकासा हुने समेत उहाँले बताउनु भयो । अहिले समायोजन भएका कतिपय शिक्षक हाजिर गरेर विद्यालय नगएको गुनासो आइरहेको बताउँदै नगर प्रमुख हमालले बैशाखदेखि त्यसगरे तलव रोकिने बताउनु भयो । ‘नगरपालिकाबाट कुनै कम्जोरी भए हामी माफि माग्न र सच्याउन तत्पर छौं,’ नगर प्रमुख हमालले भन्नुभयो, ‘शिक्षक कर्मचारी पनि जिम्मेवार भइदिनु पर्छ ।’
सामुदायिक विद्यालयको सुधार नगरपालिकाका कर्मचारीले गरेर नहुने भन्दै नगर प्रमुख हमालले त्यसका लागि शिक्षक र प्रधानाध्यापक सवैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताउनु भयो । पछिल्लो सयम सामुदायिक विद्यालयका शिक्षकको प्रयासले आफुलाई केही गर्न सकिन्छ भन्ने आशा पलाएको बताउनु भयो ।
अहिले धनगढीको सरसफाई कार्यक्रम हेर्न बाहिरबाट मान्छे आउन थालिसकेका वेला शिक्षैक सुधारका कार्यक्रम हेर्नपनि बाहिरबाट आउने वातावरण बनाउने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।
नगर प्रमुख हमालले राम्रो काम गर्ने सामुदायिक विद्यालय मध्य मुल्याङ्कनका आुधारमा आगामी बर्ष देखि ५ वटा विद्यालयलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो । उहाँले सामुदायिउक विद्यालयको गरिमालाई फकाउँदै शैक्षिक गुणस्तर कायम गर्ने जिम्मा शिक्षकको हुने बताउनु भयो ।
धनगढीका सामुदायीक विद्यालयमा अब एकै प्रकारको पोसाक
कैलालीको धनगढीका सामुदायिक विद्यालयहरूमा अब एकै प्रकारको पोसाक हुने भएको छ । धनगढी उपमहानगरपालिका भित्रका सामुदायीक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८१ को वैशाखदेखि एकै प्रकारको पोसाक लागु हुने भएको हो । उपमहानगरभित्रका अधिकांश विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूले उपमहानगरसँग एकै प्रकारको पोसाक बनाउने सम्झौता गरेका छन् ।
धनगढी उपमहानगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख गोपाल हमाल र पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले सम्झौता आदानप्रदान गर्दै कार्यक्रमको सुरुवात गरेका हुन् । नयाँ पोसाकमा आकाशे नीलो रंगको कमिज वा कुर्ता, गाढा नीलो रंगको पाइन्ट वा सुरुवाल, गाढा नीलो रंगको टाई, छालाको कालो जुत्ता वा कपडाको सेतो जुत्ता, गलाको स्वेटर वा गाढा नीलो रंगको कोट, गाढा नीलो रंगको बेल्ट, छात्राका लागि सेतो रीबन, ऊनको टोपी अनिवार्य गर्ने सम्झौता भएको हो ।
अधिकांश प्रधानाध्यापकहरूले कापी कलम किन्न नसक्ने गरिब परिवारका बालबालिकाका लागि यो नियम खर्चिलो हुने बताएका थिए । तर, नगर प्रमुख हमालले ‘मेयर शैक्षिक कोष’ स्थापना गरेर त्यसमा निजी क्षेत्र र दातृ निकायलाई जोडेर भएपनि उनीहरूका लागि विद्यालय पोसाकको व्यवस्थापन गरिने बतउनु भएको थियो ।
उपमहानगरलाई आफ्नो स्थानीय तहभित्रको आधारभूत र माध्यमिक शिक्षा व्यवस्थित गर्न पाउने अधिकार छ । नगर प्रमुख हमालले पहिलो वर्षको परीक्षणपछि त्यसमा आएका समस्याहरूलाई समाधानका लागि सम्झौतामा हेरफेर र संशोधन गर्न सकिने बताउनु भयो । पोसाकको सम्झौता सँगै उपमहानगरले सामुदायिक विद्यालय बीचको कार्यसम्पादन सम्झौता पनि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच