मुगु । मुगुस्थित रारा छायानाथ यातायात प्रालिले आफ्ना सवारीसाधनहरु सडक मै तेर्स्याएर विराेधमा उत्रिएका छन्।
नगरपालिकाले बसपार्कमा सवारी साधनहरु नराखेको भन्दै शुक्रवार यातायात प्रालिका चालकमाथि नगरपालिका कर्मचारीले हातपात गरेको आरोप लगाउदै सवारी साधन सडक मै तेर्स्याएका हुन् ।
नगरप्रमुख विष्णु कुमार भामका अनुसार जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा विभिन्न मितिमा भएका बैठकमा सडकमा बस नराख्ने,सबै बस बसपार्कमा राख्ने,बसपार्कमा सुरक्षा,सौचालय,खानेपानी,टिकट काउण्टर लगायतका अन्य भौतिक संरचना नगरपालिकाले निर्माण गर्ने निर्णय बमोजिम नगरपालिकाको आवश्यकिय संरचना बनाउँदा पनि ताकेताको बेवास्ठा गरेपछी आज बाध्य भए सवारी साधनहरु बसपार्कमा राख्न लगाउँदा यातायात व्यवसायीमाथि सामान्य बल प्रयोग भएको हो ।
यता रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष बहादुर शाही भने आफुहरुले आज बसपार्कमा बस राख्न पठाएको तर जुम्ला र सुर्खेतका लागि हिडेका जिप र बसलाई रोकि नगरपालिकाका कर्मचारीहरुले चालकमाथि हातपात गरेपछि बाध्य भएर विरोध गर्दै सडक मै गाडी तेर्स्याएउनु परेको बताउनु हुन्छ ।
यातायात प्रालिले चालक माथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने र माफी माग्नु पर्ने भन्ने र नगरपालिकाले बस बसपार्कमा राख्नु पर्ने नत्र कारवाही गर्छु भनिरहँदा समस्या समाधान हुन सकेको छैन ।
दुबैको अडानले गर्दा आफ्नो गन्तव्यमा निस्केका यात्रुहरु अलपत्र परेको र सडक जाम हुँदा निर्माणका सामग्री बोकेका ठुला गाडीहरु बाटो मै रोकिएका थिए ।
एकातिर यातायात व्यवसायी र प्राली अर्को तर्फ नगरप्रहरी,प्रहरी र ससस्त्र आफ्ने सामने हुदा झडपको स्थिती सृजना भएको थियो ।
शुक्रबार विहान १० बजे देखि साझ ५ बजेसम्म गमगढी बजारको न्युरोड दिनभर जसो अवरुद्ध भएको थियो ।
दिनभरी तनाव र सडक बन्द भएपछी दुबै पक्षलाइ बोलाइ समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि छलफल गराउनु भएको थियो ।
छलफलमा धरकपड गर्ने नगरपालिकाका कर्मचारिको जिम्मा लिदै नगरप्रमुख विष्नुकुमार गल्ती महशुस गरेपछि यातायात प्राली र नगरपालिका विच २ बुदे सहमती गर्दै सडक तथा यातायात सुचारु भयोको थियो ।
आजै देखि यातायात प्रालिले आफ्ना सवारी साधनहरु बसपार्कमा राखि नियमित सन्चालन गर्ने र नगरपालिकाले बसपार्कमा हुनु पर्ने मापदण्ड अनुसारका सम्पुर्ण पुर्वधारहरु तत्काल निर्माण कार्य शुरु गर्ने २ बुदे सहमती भएको प्रमुख जिल्ला अधिकारि टोपेन्द्र केसिले जानकारी गराउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच