बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा यस वर्ष राजश्व असुलीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१मा ५० लाख राजश्व असुली गर्ने भनिएकोमा ४ महिना अघी नै ५६ लाख बढी राजश्व असुली गरिएको हो ।
चालु आर्थिक वर्षको साउन देखि असार मसान्तसम्म्मा ५० लाख ८९ हजार राजश्व खसुली गर्ने लक्ष्य राखिएकामा चैत्रसम्ममा ५६ लाख ७६ हजार १६४ रुपैया राजश्व सकंलन भइसकेको झुलाघाट भन्सार कार्यालयका प्रमुख अनिल कुमार झाले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा राजश्व असुलीमा व्यापक गिरावट भएको भएपनि यस वर्ष भने राजश्व असुलीमा व्यापक वृद्धि भएको हो । गत आर्थिक वर्ष २०७९/८० मा ३८ लाख राजश्व खसुली गर्ने लक्ष्य लिइएकोमा ३५ लाख ३८ हजार रुपैयामा मात्रै राजश्व असुली गरिएको थियो ।
यस वर्ष भने लक्षभन्दा ४ महिनाअघि नै लक्ष्यभन्दा १११ प्रतिशत राजश्व हासिल गरिएको भन्सार कार्यालय झुलाघाटले जनाएको छ । ‘नेपालपट्टी पनि विभिन्न मेलापर्वहरुमा सरसामान भित्रियो, विगतका वर्षहरुभन्दा बजार क्षेत्रमा पनि चहलपहल बढेको छ ।’ झाले भन्नुभयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बैतडीले पनि सिमानाकामा कडाई गरेपछि राजश्व असुलीमा वृद्धि भइरहेको हो । एक महिनाको अवधिमा १० लाखबढीको भन्सार छलीका सरसामान बरामत गरेको छ ।
सिमानाकामा चेकजाँमा कडाई गरिएको र भारतसँग सिमाना जोडिएको महाकाली नदी किनारका क्षेत्रमा पनि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
‘राजश्व छलीका सरसामानहरु व्यापक रुपमा समातिएको छ, दशरथचन्द नगरपालिका क्षेत्र र तल्लो स्वराड क्षेत्रमा पनि निगरानी बढाएका छौँ,’ प्रहरी नायव उपरिक्षक गिरीले भन्नुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच