
कैलाली । यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ विगत दश बर्षदेखि हुँदै आएको धनगढी हाफ म्याराथन यसपाली पनि आयोजना गर्न लागिएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ । २०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपछि २०७१ साल देखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ । म्याराथन चार वटा विधामा हुनेछ । २१ दसमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिनुभयो ।
२०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको छ । जेसीजले युवाहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच