
कैलाली । यसपालि पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । धनगढी जेसिजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ विगत दश वर्षदेखि हुँदै आएको धनगढी हाफ म्याराथन यसपालि पनि आयोजना गर्न लागिएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
धनगढी जेसिजले २०७१ सालदेखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ । २०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपछि २०७१ सालदेखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसिजले जनाएको छ ।
म्याराथन चारवटा विधामा हुनेछ । २१ दसमलब एक किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिनुभयो ।
२०८१ को वैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले चार हजार प्रतियोगीहरूको सहभागिता रहने अनुमान गरेको छ । जेसिजले युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच