हाम्रो कौशिकी क्षेत्रका ऋषि तथा वैज्ञानिक भारद्वाजले लेखेको विमान शास्त्रको आधारमा आजको आधुनिक विमानहरू निर्माण भएको छ । तैपनि उनले बनाएका आधुनिक विमानहरू आजका वैज्ञानिकहरूले अझै बनाउन सकिरहेका छैनन् । यतिमात्र होइन्, उनले मानिसको मनभित्र के विचार चलिरहेछ थाहा पाउँथे । उनको आश्रममा विभिन्न ऋषिमुनिहरू र राजाहरू उनको आविष्कारहरू हेर्न आउँथे । गुल्मीका महर्षि शृंगीले भनेका छन्, भारद्वाज ऋषि आफ्नो ज्ञान विज्ञानका कारण त्यस समय निकै प्रसिद्ध भइसक्नुभएको थियो । रेवक ऋषिको नेतृत्वमा ऋषिहरूको एक समूह उहाँको प्रयोग हेर्न आएका थिए, प्रवाहण आदि ऋषि त्यसमा सम्मिलित थिए । तब ब्रहृमचारी सुकेला र कबन्धी, ब्रहृमाचारिणी शबरी, रोहिणीकेतुले उनीहरूलाई यज्ञ नगरीकन प्रयोगशालामा प्रवेश गर्न पाइँदैन भने ।
ऋषिहरू यज्ञ गरिरहेका थिए, यता प्रयोगशालामा उनीहरूको मस्तिष्कमा के विचार चलिरहेको छ, यज्ञशालामा लागेका यन्त्रहरूमा चित्ररूपमा देखिइरहेको थियो । यज्ञको यो नियम यस कारण बनाइएको थियो कि त्यहाँ आउनेहरू कुन उद्देश्यले आएका छन् । जब ऋषिहरू विज्ञानशालामा प्रवेश गरे महर्षि भारद्वाजले उनीहरूलाई एउटा यन्त्र देखाए । त्यो यन्त्रमा एक थोपा रगत हाले त्यो मानिसको चित्र त्यसको चरित्र यन्त्रमा दृष्टिगोचर हुन्थ्यो । महर्षि भारद्वाजले भन्नुभयो, एकपटक मुनि सोमकेतु त्यहाँ आउनुभएको थियो, उहाँले आफ्नो छैटौं महापितामहलाई हेर्ने उत्कट उत्कण्ठा व्यक्त गर्नुभयो । उहाँले महापितामहको रगत लागेको सेतो वस्त्र लिएर आउनुभएको थियो । जसै त्यो वस्त्रको रगत निचोरेर यन्त्रमा चुहाइयो, सोमकेतुको छैटौं महापितामह देखिनुभयो, सोमकेतु हर्षित भए ।
नासाले ग्रहहरूबाट आउने आवाजलाई रेकर्ड ग¥योे । यसले हामीलाई प्रत्येक ग्रह एउटा फ्रिक्वेन्सी (आवृत्ति) मा कम्पन गर्छ भन्ने जानकारी दियो । ग्रहहरूबाट निस्कने विकिरणको बेग्ला बेग्ले फ्रिक्वेन्सी हुन्छ र त्यसको कारणले पूरै ब्रहृमाण्डमा एउटा संगीत उत्पन्न हुन्छ ।
हाम्रो सनातन धर्म, वेद र अन्य धर्मग्रन्थहरू कुनै कथा र कर्मकाण्डको पुस्तक होइनन्, बरू विज्ञानको स्रोत हुन्, जो हज्जारौं वर्ष पहिला लेखिएको तथा प्रयोग गरिएको थियो । त्यस बेला एशियाको केही मुलुकहरूबाहेक सारा विश्व अन्धकारमा थियो । यो हिमवत्खण्ड विज्ञान तथा वैज्ञानिक आविष्कारको जननी थियो । आज हामी हाम्रो पूर्वीय दर्शनलाई त्यागेर पश्चिमा धर्म, संस्कृति र संस्कारको पछाडि भागी रहेका छौं, आज हाम्रो विश्वकै प्राचीन धर्मलाई त्यागेर धर्मान्तरण गरिरहेका छौं । हाम्रो विज्ञान कहाँसम्म उन्नत तथा विकसित थियो त्यसको अनेकौं उदाहरणहरू छन् । तर, हाम्रै धर्मगुरुहरू पुराण कथाहरू वाचन गरेर दाम कमाउनमात्र जानेका छन् । वेद र पुराणहरूमा रहेको विज्ञानलाई जनता सामु राख्न सक्दैनन्, किनकि उनीहरू केवल धर्मको व्यापारी बनेका छन्, ज्ञाता होइन ।
४०० इसापूर्व ग्रीक दार्शनिक डेमोक्रेटिसले एउटा सिद्धान्तको आविष्कार गरेका थिए, सबै वस्तुहरू परमाणुबाट बन्छ र परमाणु ब्रहृमाण्डमा पाइने सबैभन्दा सानो तत्व हो । यसलाई भाँचेर अरू सानो बनाउन सकिँदैन । न्युजिल्याण्डका भौतिकशास्त्री सर अर्नेष्ट रदरफोर्डले बीसौं शताब्दीमा आएर यो सिद्धान्तलाई सही हो भने । बेलायतका विख्यात वैज्ञानिक जे.जे.थोम्पसनले सने १८०७ मा परमाणुमा इलेक्ट्रोन भएको प्रमाण जुटाए र पछि न्युक्लियसको खोज पछि विज्ञानले हामीलाई जानकारी दियो कि न्युक्लियस पनि प्रोटोन र न्युट्रोनबाट बनेको हुन्छ ।
यो अन्तिम सिद्धान्त थियो, विज्ञानले यो दाबी ग¥यो कि यी एकाईहरूलाई यसभन्दा बढी टुक्य्राउन सकिँदैन । तर, पुनः सन् १९७० मा क्वाक्र्सको खोज भयो, विज्ञानले पुनः हामीलाई न्युट्रोन र प्रोट्रोन क्वाक्र्सको संयोजनले बन्छ भन्यो । पदार्थको सबैभन्दा आधारभूत रूपहरूमध्ये एउटा गह्रुँगो प्राथमिक कणहरूबाट बनाइन्छ, त्यसलाई क्वाक्र्स भनिन्छ । परमाणु साना कणहरू, प्रोट्रोन, न्युट्रोन र इलेक्ट्रोनहरूले बनेको हुन्छ, जो अरू पनि केही साना कणहरूले बनेका हुन्छन्, जसलाई क्वाक्र्क भनिन्छ ।
अनि पछि, पृथ्वीमा फोर्सेज अफ नेचर अर्थात् प्रकृतिको शक्तिहरूको अनुसन्धान गर्ने बेलायती वैज्ञानिक माइकल फेराडेले ब्रहृमाण्डको क्षेत्रको खोज गरे । ब्रहृमाण्डको क्षेत्रलाई क्वान्टम फिल्ड भनियो । क्वान्टम भनेको मात्राको एक गुण हो जो बहुलता वा परिणामका रूपमा अस्तित्वमा हुनसक्छ । मात्राहरूको तुलना धेरै, कम वा बराबरको सन्दर्भमा कुनै मापकको मात्रकको सन्दर्भमा संख्यात्मक मूल्य निर्दिष्ट गरेर गरिन्छ । क्वान्टमलाई नेपालीमा प्रमात्रा क्षेत्र सिद्धान्त भनिन्छ । क्वान्टम भौतिकशास्त्रले एउटा नयाँ सिद्धान्त पेश गरेको छ, परमाणु अर्थात् एटम, केन्द्रक अर्थात् न्यूक्लियस, प्रोटोन, न्युट्रोन र यिनीहरूको सब पार्टीकल अर्थात् उपकण खासमा सोलिड पार्टिकल अर्थात् ठोस कण होइनन्, अपितु यिनीहरू तरंग हुन् । जो क्वान्टम फिल्डमा भएको कम्पनको कारण बन्दछ ।
सेप्टेम्बर २०१२ मा नासाले ग्रहहरूबाट आउने आवाजलाई रेकर्ड ग¥योे । यसले हामीलाई प्रत्येक ग्रह एउटा फ्रिक्वेन्सी (आवृत्ति) मा कम्पन गर्छ भन्ने जानकारी दियो । ग्रहहरूबाट निस्कने विकिरणको बेग्ला बेग्ले फ्रिक्वेन्सी हुन्छ र त्यसको कारणले पूरै ब्रहृमाण्डमा एउटा संगीत उत्पन्न हुन्छ । यो सिद्धान्तलार्ई म्युजिक अफ द स्फियर्स नाम दिइयो अर्थात् क्षेत्रहरूको संगीत । इसापूर्व छैटौं शताब्दीमा प्रख्यात ग्रीक दार्शनिक तथा गणितज्ञ पाइथागोरस ज्ञानको खोजमा मिश्र पुगे । उनले मिश्रको पुजारीहरूबाट ज्ञान प्राप्त गरे र ज्ञान प्राप्त गरे त्यहाँको रहस्यमय जादूगरहरूको विद्यालयबाट जसलाई मोजाय भनिन्थ्यो । पाइथागोरसले संगीतलाई गणित र ज्यामितिसँग जोडे ।
आजको पश्चिमा संगीतको जरा पाइथागोरससँग जोडिएको छ । उनले आजभन्दा करिब अढाई हजार वर्षअघि संगीतलाई गणित र ज्यामितिसँग जोडेर यो निष्कर्ष निकाले कि हाम्रो ब्रहृमाण्ड र यसमा विद्यमान सम्पूर्ण वस्तु कम्पन गरिरहन्छन् । उनले भनेका थिए, यो पूरै ब्रहृमाण्डमा एउटा संगीत छ र ग्रहहरूबाट पनि एउटा आवाज निस्किन्छ । एक्काइसौं शताब्दीमा भौतिक वैज्ञानिकले ब्रहृमाण्डको निर्माणको अहिलेसम्मको नयाँ सिद्धान्त खोजेका छन् सुपर सेमेट्रिक सिद्धान्त । यो सिद्धान्तका अनुसार पूरै ब्रहृमाण्डमा एउटा तरलजस्तो रहस्यमय वस्तु फैलिएको छ, जसको तरंगले कम्पन पैदा हुन्छ । यही तरल पदार्थको कम्पनले उत्पन्न हुने तरंगलाई हामी भन्छौं फिल्ड वा क्षेत्र ।
हाम्रो ब्रहृमाण्ड चार सूक्ष्म पार्टीकलबाट बन्दछ, इलोक्ट्रोन, न्युट्रोन, अप क्वाक्र्स र डाउन क्वाक्र्स । तर, वास्तवमा चारैवटा पार्टीकल होइनन्, अपितु आ आफ्नो क्षेत्रमा हुने कम्पन हो । अन्ततः हाम्रो ब्रहृमाण्डको पूरै संरचना पदार्थको चार फिल्डले भएको हो । यसलाई प्रकृतिको चार फोर्स, गे्रभेटी, इलेक्ट्रोमेग्नेटिक, स्ट्रङ न्युक्लियर फोर्स र विक न्युक्लियर फोर्स भनिन्छ । यसपछि वैज्ञानिकहरू क्वाक्र्सलाई तोडेर ब्रहृमाण्डको सबैभन्दा सानो एकाई पत्ता लगाए स्ट्रिङ र आयो नयाँ सिद्धान्त द स्ट्रिङ थ्योरी । स्ट्रिङ यति सानो हुन्छ कि यसलाई हेर्न सकिँदैन । ब्रहृमाण्डमा जे बनेको छ ती सबै यो स्टिंगले बनेको छ, यहाँसम्म कि डार्क म्याटर अँधेरो पदार्थ पनि यही स्टिंगबाट बनेको छ ।
वेद विज्ञान हो तर अचेल वेद र विज्ञानविनाको बाइबलप्रति केही नेपालीहरू दगुरिरहेका छन् । हामी नेपाली जनता मात्र होइन, हाम्रा शासकवर्ग पनि त्यही बाटोमा हिँडिरहेका छन् र जनतालाई पनि हिँडाइरहेका छन् ।
स्टिंगको बेग्लाबेग्लै कम्पनले बेग्लाबेग्लै पार्टिकल बनाउँछ जो वास्तवमा फिल्ड हुन्छ । स्टिंग थ्योरीकै कारण गुरुत्वाकर्षणबाट जोडिएको रहस्यहरूबाट पर्दा उठाउन विज्ञान सफल भयो । स्टिंग थ्योरी त्यो सिद्धान्त हो जो थ्योरी अफ रिलेटिभिटी र वान्टम मैकेनिक्स दुवैबीचको विरोधाभासलाई हटाउँछ । त, के पश्चिमा वैज्ञानिकहरूले आविष्कार गरेका यी सिद्धान्तहरू नयाँ हुन् ? यो सिद्धान्त हज्जारौं वर्षपूर्व वेदमा लेखिएको ‘वैदिक रश्मि सिद्धान्त’ बाट लिइएको हो । वैदिक रश्मि सिद्धान्त अनुसार एउटा मूल ईश्वरीय तत्वमा पहिला उत्पन्न हुन्छ महŒव रश्मि क्रमशः मनस्तत्व रश्मि, सूक्ष्मप्राण रश्मि, मरुत रश्मि र छन्द रश्मि ।
छद्म रश्मिबाट परमाणु र त्यसका कणहरू बन्छन् र परमाणुबाट ब्रहृमाण्ड, सूक्ष्म प्राण रश्मिबाट काल तत्व उत्पन्न हुने कुरा लेखिएको छ जसले शायद नेचर अफ फोर्सतिर इंगित गर्छ । वैदिक रश्मि सिद्धान्तमा कूल एघार रश्मिहरू वा फिल्ड्सको अवधारणा छ । विज्ञानले अहिलेसम्म केवल स्टिंगसहित पाँच क्वान्टम फिल्डको अवधारणा दिएको छ । हालसालै विज्ञानले एक पाइला अघि बढ्दै स्टिंगभन्दा पनि सानो एकाईको प्रारम्भिक प्रमाण पेश गरेको छ, टेकियोन (यौटा कण जो प्रकाशको गतिभन्दा पनि तीव्र्र हुन्छ) । टेकियोन स्टिंगभन्दा पनि सानो पिण्ड हो जसलाई अहिलेसम्म आँखाले देखिएको छैन ।
वैज्ञानिकहरूले यो विद्यमान छ र यसलाई प्रमाणित गर्न केही समय लाग्नेछ भन्ने दावा गरेका छन् । टेकियोन ब्रहृमाण्डमा प्रकाशभन्दा पनि द्रुत गतिले जान्छ । यसको सहयोगले समय यात्रा गर्न सकिने छ । पाइथागोरसले संगीतले हाम्रा लागि तारामण्डलको बीचबाट बाटो बनाउन सक्छ जो ईश्वरसम्म पुग्ने बाटो हो भनेका छन् । उनले भनेका थिए दोस्रो संसारका मानिसहरूसँग केवल संगीत र ज्यामितिको सहयोगले सम्पर्क गर्न सकिन्छ । विज्ञानले भनेको पूरै ब्रहृमाण्डमा संगीत छ, वा प्राण एकाई, हाम्रो वेदले हज्जारौं वर्ष पहिला प्रकाशभन्दा चार गुणा द्रुतगतिको तत्व पनि छ जसलाई एघारवटा रश्मिहरूमध्ये एउटा, धनञ्जय प्राण रश्मि भनिन्छ ।
यसको गति बाह्र लाख किलोमिटर प्रतिसेकेण्ड छ जो प्रकाशको गतिभन्दा चार गुणा बेसी छ । जसलाई विज्ञानले आजपर्यन्त पत्ता लगाउन सकेको छैन । यो रश्मि अन्तरिक्षभन्दा पनि सूक्ष्म छ । त्यसैले अन्तरिक्षको नियम यसमा लागू हुँदैन । विज्ञानले भनेको ब्रहृमाण्डमा मधुर संगीत छ, त्यो संगीत ॐ भएको सनातन धर्मले हज्जारौं वर्षपहिले पत्ता लगाएको हो । वैदिक रश्मि विज्ञानमा ब्रहृमाण्डको उत्पत्ति तथा विनाशका बारेमा बताएको छ । यो रश्मि फोटोनको संरचनाको एउटा अंश हो ।
यो फोटोनभित्र हुन्छ । यो धनञ्जय प्राण रश्मिको एकाईको गति १२ लाख प्रतिसेकेण्ड छ, जो प्रकाशको गतिभन्दा चार गुणा बेसी छ । धनञ्जय प्राण रश्मि अन्तरिक्षभन्दा सूक्ष्म छ । यो ब्रहृमाण्डमा अत्यन्त तीव्र छ । यसले स्वयं फोटोनलाई चलाउँछ । धनञ्जय प्राण रश्मि जुन फोटोनभित्र छ, ब्रहृमाण्डको सबैभन्दा तीव्र एकाई हो । यो प्रकाशको गतिभन्दा चार गुणा तीव्र हुनुको कारण हो किनकि यसले फोटोनलाई लैजानुपर्छ । धनञ्जय प्राण रश्मि स्वतन्त्र रूपबाट ब्रहृमाण्डमा विद्यमान छ तर धनञ्जय प्राण रश्मिको गति फोटोनभित्र सुस्त छ किनकि यसलाई स्थानान्तरित गर्ने बेला केही द्रव्यमान हुनुपर्छ ।
वेद अनुसार सूर्यको मूलभित्र हुने परमाणु प्रतिक्रियामा धनञ्जय रश्मिको पनि सूक्ष्म भूमिका छ, यसको केन्द्रमा नाभिकीय संलयन अर्थात् न्युक्लियर फ्युजन हुनुमा पनि धनञ्जय रश्मिको महत्वपूर्ण भूमिका छ किनकि आधुनिक विज्ञानलाई धनञ्जय रश्मि र अरू रश्मिहरूका बारे जानकारी छैन । जसलाई आधुनिक विज्ञानबाट देख्न सकिँदैन । वेद विज्ञान हो तर अचेल वेद र विज्ञानविनाको बाइबलप्रति केही नेपालीहरू दगुरिरहेका छन्, आफ्नी बुढी आमाभन्दा अरूको तरुनी आमाप्रति आकर्षित छन् । हामी नेपाली जनतामात्र होइन, हाम्रा शासकवर्ग पनि त्यही बाटोमा हिँडिरहेका छन् र जनतालाई पनि हिँडाइरहेका छन् । जाग जाग नेपाली अब जाग ।
क्वार्क्स हुनु पर्नेमा अन्यथा भएको ।
मणि शर्माकाे ब्रह्माण्डमा सङ्गीत गुन्जायमान छ शीर्षक लेख पढें वैज्ञानिक ऋषि भारध्वाजकाे ” यन्त्र सर्वस्व” का कुरा लेखेका रहेछन् ।आजका गिदीबाेसे विद्वन् भनाउँदाकाे गिदी हलचल गरे राष्ट्र चलाउन आएका सुँगुर टाउके शासकले पनि पाैरस्त्य विज्ञानकाे पुनरुत्खनन गर्नेतिर ध्यान दिए हामी पनि प्राेन्नत जातिका रूपमा चिनिन सक्ने थियाैं तर दुर्भाग्य लर्डमेकालेकाे विकल्प नदेख्ने जर्ज अर्बेलकाे चारखुट्टेकाे घरजमका पात्रजस्तैले हाम्राे देशमा हालीमुहाली चलाइरहेका छन् ।