काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसीप गोकर्ण गल्फ क्लबमा सुरु भएको छ । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगिता बिहीबारसम्म चल्नेछ । कुल आठ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । विजेताले एक लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ९० हजार र ६७ हजार नगद हात पार्नेछन् ।
३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनका लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
३३ प्रोफेसनल गल्फरमध्ये भुवन नगरकोटी, रवि खड्का, दिनेश प्रजापती, धन थापा र सञ्जय लामाबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । प्रो गल्फरहरूलाई यो पटक पनि टप एमेच्योर सद्भाव आचार्यले कडा चुनौती दिनुहुनेछ । यस्तै, राहुल विश्वकर्मा र टासी छिरिङले पनि प्रो गल्फरलाई माथ दिने प्रदर्शन गर्न सक्ने सम्भावना रहेको छ ।
नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले भने चोटका कारण यो प्रतियोगिता गुमाउनुभएको छ । नाडीमा लागेको चोटले गर्दा उहाँले यो प्रतियोगिताबाट नाम फिर्ता लिनुभएको हो । अर्का प्रो सुवास तामाङले कोलकाता च्यालेन्जमा कट बनाउन नसकेपछि उहाँ तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणका लागि फर्किनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच