काबुल । अफगानिस्तानको करिब ७९ प्रतिशत जनसंख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)अफगानिस्तानको सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ । यो संकटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको छ ।
भूपरिवेष्टित अफगानिस्तान खडेरीको चपेटामा परेको छ । अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच