काठमाडौं । ११औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । ११औं संस्करणको अवार्डमा विभिन्न ३९ विधामा आयोजना गरिन लागिएको हो । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिकहरूलाई समावेश गरेर अवार्ड आयोजना गरिँदै आइएको छ ।
म्युजिक खबरको प्रस्तुतिमा रहेको अवार्डको आयोजना शुभकामना मिडिया सोलुसनले गर्दै आएको छ । गीतसंगीतको क्षेत्रमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित भएको म्युजिक खबर फाउण्डेशनको सहकार्यमा भएको यस अवार्डको अन्तिम कार्यक्रम आगामी वैशाखको अन्तिममा आयोजना गरिने बताइएको छ । अवार्डमा दीर्घसाधना सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, बाल प्रतिभा सम्मान र कला पत्रकारिता सम्मानसमेत प्रदान गरिने जनाइएको छ ।
अवार्डमा लोकदोहोरी गायिका सीता परियार, तारा थापा, इब्सल सन्ज्याल, रेनुका भट्टराई र बबिता बानियाँबीच सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको लागि भिड्ने भएका छन् । यही विधातर्फ गायक भने बालचन्द्र बराल, चिज गुरुङ, सिद्धार्थ आले, सागर बिसी र श्याम राना हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच