हुम्ला । हिमाली जिल्ला हुम्लामा हालसम्म २३ सय ४० क्विन्टल पोषणयुक्त चामल आइपुगेको छ । पैदल र हवाई मार्ग गरी हुम्लामा पुगेको चामल विक्री वितरण भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त तथा नायव सुब्बा नविन प्रसाद आर्चायले बताउनुभयो ।
खाद्य संस्था शाखाको गोदा सिमकोटमा आइपुगेको मध्ये ८ सय ९० क्विन्टल चामल विक्री वितरण भएको निमित्त प्रमुख आचार्यले बताउनुभयो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल विक्री भएको उहाँले बताउनुभयो । आठवटा पौष्टिक तत्व मिलाएर बने उक्त चामल दैनिक रुपमा खाइने अन्य चामल जस्तै सामान्य विधिबाट खान सकिने भएको उहाँले बताउनुभयो ।
आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट उत्पादन भइरहेको चामल कर्णालीका पाँच वटा जिल्लाका लागि ७३ हजार क्विन्टल पठाउने खाद्य संस्थानको योजना रहेको उहाँले बताउनुभयो । पौष्टिक तत्व मिसाएको चामल मात्रै नभएर अन्य चामल पनि जिल्लामा आइरहेको बताउनुभयो ।
हाललाई जिरा मसिनो चामलमा उक्त तत्व मिसाएको हुनाले जिल्लामा प्रति केजी रु ९५ रुपैयाँमा विक्री भएको उहाँको भनाई छ । अन्य मोटो र मकावनपुर चामलमा पनि पौष्टिक तत्व मिसाएको भएपनि जिल्लामा आइ नपुगेकाले मुल्य निर्धारण नभएको र आएपछि मुल्य निर्धारण हुने निमित्त प्रमुख आर्चायले जानकारी दिनुभयो ।
मकवानपुर र मोटो चामलको हकमा अपर्याप्त भएपछि जिल्लामा ढुवानी हुन सुरु भएपछि मुल्य निर्धारण हुने उहाँको भनाई छ । जसरी विगतमा रासन कार्डको आधारमा वितरण हुँदै आएको थियो । त्यसरी नै विक्री वितरण भइरहेको छ ।
यस्तै जिल्लामा पुग्नु पर्ने साधा १४ हजार क्विन्टल कोटाको चामल पनि ढुवानी भइरहेको छ । पौष्टिक तत्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको ८५ सय क्विन्टल चामल हवाई मार्गबाट जिल्लामा पुगे छ । भने तीन हजार क्विन्टल चामल पैदल मार्गबाट ढुवानी भएको छ । अब दुई हजार क्विन्टल जत्ति चामल ढुवानी हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच