नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो ।

कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी-ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ ।

यसअघि आयरल्याण्ड ‘ए’सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी-ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २-० ले जितेको थियो । पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?