काठमाडौं । दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदीश चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुले श्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विद्यार्थीहरूबाट विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार सो विद्यालयले शैक्षिक सत्र २०७२/२०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट चर्को शुल्क लिएका थियो ।
लेखा श्रेस्ता दुरुस्त नराखेको, रसिद अनियन्त्रित रुपमा प्रयोग भएको, कतिपय अवस्थामा रसिदको प्रयोग नगरी रकम लिएको, विद्यार्थीहरूबाट दोब्बर दस्तुर लिएको, रसिदमा उल्लेख गरेको भन्दा बढी रकमसमेत लिने गरेको अभियोगपत्रमा उल्लेख छ ।
लेखापाल पोख्रेलविरुद्ध ८ लाख ९२ हजार २६७ रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यसै गरी तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीविरुद्ध २ लाख २० हजार रुपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अध्यक्ष चौधरीले आफूखुसी चेक काटी रकम निकासा गरेको, तर उक्त चेक के का लागि काटिएको भनी उल्लेख नभएको र निकासा भएको रकमको खर्चको विवरणसमेत नराखेको अख्तियारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच