सर्लाही । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत सर्लाहीमा आज दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा पनि दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।
अनुगमनकाक्रममा कक्षाकोठाभित्र परीक्षाको मर्यादा विपरीत गतिविधि भएको पाइएपछि चक्र जनता शहीद गङ्गा माध्यमिक विद्यालय बरहथवा नगरपालिका ५ परीक्षा केन्द्रमा सुनिलकुमार दत्त र सरस्वती माध्यमिक विद्यालय बरहथवा नगरपालिका ३ हजरिया परीक्षा केन्द्रमा रामदेव भारतीलाई निरीक्षकको जिम्मेवारीबाट हटाइएको हो ।
सर्लाहीमा यसअघि हिजो पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा बलरा र गोडैता नगरपालिकाको छवटा परीक्षा केन्द्रका १० जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको थियो । एसइईमा आज दोस्रो दिन सर्लाहीका ३८ वटा परीक्षा केन्द्रबाट १० हजार ७५९ परीक्षार्थी सहभागी भएका छन् । १३७ जना परीक्षार्थी भने अनुपस्थित भए । शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जिल्लाका ३८ वटै परीक्षा केन्द्रमा दोस्रो दिनसम्म शान्तपूर्वकरुपमा परीक्षा सम्पन्न भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे र शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख रामवृक्ष महतोको नेतृत्वमा तीनवटा अनुगमन टोली परिचालित भएको छ । एसइईका प्रशिक्षार्थीले अब पर्सी आइतबार अनिवार्य गणित विषयको परीक्षा दिने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच