सर्लाही । नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा आज प्रादेशिक अस्पताल मलंगवामा उपचाररत् बिरामीलाई फलफूल वितरण गरिएको छ ।
महासंघको सर्लाही शाखाले सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको हो ।
जिल्लामा क्रियाशील पत्रकारहरु दिउँसो अस्पतालमा पुगेर बिरामीलाई फलफूल वितरण गरेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले जानकारी दिनुभयो ।
बिरामीलाई फलफूल वितरण गर्न पुगेका पत्रकारलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सचिन यादवले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच