काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट(एनबिआई) र सिद्वार्थ बैंकबीच नेपालमा विद्युतीय सवारीसाधनमा वित्तीय लगानी सम्भाव्यताबारे अध्ययन गर्न सम्झौता भएको छ । सम्झौतामा सिद्वार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र एनबिआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार एनबिआईले नेपालमा विद्युतीय सवारीसाधनमा वित्तीय लगानीको सम्भावनाबारे अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ ।
नेपालमा बैंक तथा वित्तीय संस्थामा क्षमता अभिवृद्विका लागि नेपाल राष्ट्र बैंक तथा विभिन्न बैंकहरूको सहभागितामा स्थापित एनबिआईले तालिम, सर्टिफिकेसन कोर्स, कार्यशालालगायत सञ्चालन गर्दै आएकोमा अध्ययन, अनुसन्धान क्षेत्रमा पनि क्रियाशीलता बढाउँदै लगेको छ ।
इन्स्टिच्युटले आगामी दिनमा बैंकिङ तथा वित्तीय क्षेत्रका विभिन्न विषयमा अध्ययन, अनुसन्धान गरी मुलुकका बैंक तथा वित्तीय संस्थालाई आवश्यक सूचना जानकारी तथा तथ्यांक उपलब्ध गराउने लक्ष्य लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच