काठमाडौँ। आयरल्यान्ड उल्भ्सले टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल 'ए' लाई २२५ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो ।
आयरल्यान्ड कप्तान निल रकले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए । उनले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गरे।
यस्तै, पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए।
त्यस्तै, जेम्स जेम्स म्याकोलम २६, रोस अडायर १७ र ग्यारेथ डेनाली १० रनमा आउट हुँदा फिओन ह्यान्ड १९ रनमा अविजित रहे।
नेपालका लागि सागर ढकालले ३ विकेट लिए। ४ ओभर बलिङ गर्दा उनले ३३ रन खर्चिएर तीन विकेट लिएका हुन् । यस्तै, कमलसिंह ऐरी र पवन सर्राफले समान १/१ विकेट लिए ।
अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच