
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका २९ वटा आधारभूत विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ ।
राष्ट्रिय योजना आयोगको आईसीटी एजुकेशन एण्ड डिजिटल क्लास रुम कार्यक्रम अन्तर्गत विद्यालयलाई एक–एक थान ल्यापटप र प्रिन्टर वितरण गरेको हो ।
राष्ट्रिय योजना आयोगको विशेष अनुदान रकम भ्याटसहित २८ लाख ८१ हजार ५०० मा खरीद गरिएको ल्यापटप र प्रिन्टर शुक्रबार गाउँपालिकामा कार्यक्रमको आयोजना गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर परियारले वितरण गर्नुभएको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनानले जानकारी दिनुभयो ।
सामान्य फोटोकपी गर्न पनि बाक्सिलाबजार आउनुपर्ने बाध्यता भोगिरहेका विद्यालयहरुको समस्या समाधान गर्नलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । 'विद्यालयहरुको अनुरोधमा ल्यापटप र प्रिन्टर दिएका हौँ । अब हस्तलिखित निवेदन नचलाउने भनेका छौँ । ल्यापटप र प्रिन्टरले विद्यालयको पठनपाठनमा थप सहयोग पुग्नेछ ।' राई भन्नुभयो ।
माध्यमिक विद्यालयहरुलाई संघीय सरकारले आईसीटी कार्यक्रम अन्तर्गत ल्यापटप, प्रिन्टर दिईरहेको छ । तर, आधारभूत (कक्षा १–८) लाई दिएको पाईन्दैन । त्यसैले शिक्षाको जग बसाल्ने विद्यालयहरुलाई ल्यापटप, प्रिन्टर वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो।
दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा केपिलासगढी गाउँपालिकाले पहिलोपटक आधारभूत विद्यालयलाई ल्यापटप, प्रिन्टर वितरण गरेका हुन्।
विद्यालयहरु स्थानीय तहको मातहतमा आईसकेपछि जिल्लाभरीको आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक अवस्था झन दयनीय हुँदै गएको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच