काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताउनुभएको हो ।
शनिवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेबिरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले तत्कालिन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्रा बिरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो । र पराजयको पीडा व्यहोर्नु परेको थियो । यस पल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं । परिवर्तन गर्न चाहन्छौं । यस पटक हामी हार्दैनौं । यस पटक हामी जित्छौं । र यस पल्ट हामीले हार्नै मिल्दैन । गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौं । हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरु पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए । एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए । त्यो शाहस हामीबिरुद्धको गठबन्धनबाट आएको थियो ।’
अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच