
रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएको एक महिना नबित्दै तस्कर, माफियाहरू धमाधम समातिन थालेका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन सुन तस्करको आरोपमा सुरुमै समातिका छन् । उनी समातिएलगत्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा समातिएर अनुसन्धानपछि छाडिएका छन् । लहरो तान्दा पहरो जाने संकेत देखिएको छ । यतिबेला तस्कर, माफियाहरूको सातो गइरहेको छ । उनीहरूको मुटुको धड्कन बढिरहेको छ । पछिल्लो समय सरकारको कामकारबाहीप्रति जनता आशावादी देखिन थालेका छन् ।
सरकारको अहिलेको जस्तो गति कहाँसम्म पुग्ने हो सबैको चासोको विषय बनिरहेको छ । सरकारले जनतामा आशा जगाउनु ठूलो कुरा हो । सबैतिर भ्रष्टहरूको बिगबिगी भएका बेलामा यसका विरुद्धको आवाज ठूलो कुरा भएको छ । भ्रष्टहरूको अखडामा धावा बोल्न ढिलो गर्नु हुँदैन । झिनो रूपमा भए पनि सुरुवात भएको छ तर संशय छ यसले निरन्तरता पाउने हो कि होइन । फेरि हामीकहाँ अर्को के देखिन्छ भने जोबाट आश गरिएको हुन्छ उही सबैभन्दा बढी भित्रभित्रै दुर्गन्धित भएकोे हुन्छ ।
सरकारले सुन तस्करीमा जोसुकै देखिए पनि कारबाही हुने प्रतिबद्धता जनाएको छ, यसले जनतामा आशा जगाएको छ । अब ढिलो–चाँडो तस्करहरू कानुनको दायरामा आउने विश्वास गर्न सकिन्छ । सरकारले खुट्टा नकमाइकन अघि बढ्नुपर्छ ।
देश, जनताको भाग्य र भविष्य निर्माणका लागि सरकार गतिका साथअघि बढ्नुपर्ने जरुरी छ, यो आजको माग हो । जति बेला जनता उत्साहित हुन्छन् त्यसबेला देशको मुहार हाँसिरहेको हुन्छ । गृहमन्त्री रवि लामिछानेको सक्रियता बढेसँगै पछिल्लो समय सुन तस्करीका आरोपीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको छ । सरकारले केही समयअघि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठन गरेको सुन तस्करी छानविन आयोगले प्रतिवेदन बुझाएसँगै लामिछानेको सक्रियता बढेको हो । देशभरि यो विषयमा तरंग सिर्जना भएको छ ।
सरकारले सुन तस्करीमा जोसुकै देखिए पनि कारबाही हुने प्रतिबद्धता जनाएको छ, यसले जनतामा आशा जगाएको छ । अब ढिलो–चाँडो तस्करहरू कानुनको दायरामा आउने विश्वास गर्न सकिन्छ । सरकारले खुट्टा नकमाइकन अघि बढ्नुपर्छ । त्यसो गरेमा जनताको साथ–समर्थन रहनेछ । विशेषगरी पछिल्लो समय गृहमन्त्री लामिछानेले सुन तस्करी गर्ने जतिसुकै ठूला व्यक्ति भए पनि तिनलाई नछोड्ने प्रतिबद्धता जनाउँदै आएका छन् र सक्रियता बढाउँदै गएका छन् । यो उनको सक्रियतालाई आमनेपालीले मन पराइरहेका छन् । गृहमन्त्रीले आफ्नो प्रतिबद्धतालाई पूर्णरूपमा व्यवहारमा उतार्न खोजिरहेका हुन् कि भन्ने आभाष भएको छ ।
उनलाई सबैले साथ र सहयोग गर्नुपर्ने आवश्यकता छ । जसले निःस्वार्थ रूपमा देश र जनताको पक्षमा काम गरिरहेको हुन्छ त्यसलाई आमजनताले साथ-समर्थन गर्न कन्जुसाइँ गर्नु हुँदैन । इमानका साथ काम गर्ने हो भने जे पनि हुँदो रहेछ । सरकारले सुन तस्करमात्र होइन, ठूलाठूला भ्रष्टाचारीलाई पनि समाउने आँट गर्नुपर्छ । देशमा सुशासन कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । जुन देशमा सुशासन कायम हुन्छ त्यो देशमा विकासले तीव्र गति लिन्छ । हाम्रो देशमा सुशासन कायम हुन नसक्दा आर्थिक, सामाजिक, सबै क्षेत्रमा पछाडि छौं ।
प्रहरी प्रशासनलाई स्वतन्त्रपूर्वक काम गर्न दिने वातावरण हुनुपर्छ । सुन तस्करीलगायत गलत काम गर्नेहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउनुपर्छ । मुलुकमा सुशासनको अनुभूति गर्न सकिने, विकास र समृद्धिको ढोका सहजै खुल्न सक्ने अनुमान गर्न सकिन्छ । सरकारले हरेक प्रकारका तस्करी र गलत धन्दा गर्नेहरूलाई समयमै पूर्णरूपमा नियन्त्रण गर्न सक्नुपर्छ । सुन तस्करमा अझै बाँकी रहेका मुख्य दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन गृहमन्त्रालय सक्रिय बन्नुपर्छ । कुनै प्रकारको राजनीतिक सोर्सफोर्स, दबाब, भनसुनको प्रभावमा गृहमन्त्रालय र सिआईबी पर्नुहुँदैन ।
देशलाई अघि बढाउनुपरेको छ । देशले इमानदार नेतृत्व खोजिरहेको छ । जसले इमानको राजनीति गर्छ त्यो नै जनताको नजरमा लोकप्रिय बन्नेछ । जनताप्रति बेइमान गर्नेहरूको भविष्य क्षणिक छ । वर्तमान गृहमन्त्रीबाट जनताले ठूलो आशा गरिरहेका छन् । गृहमन्त्री आफ्नो प्रतिबद्धताबाट पछाडि हट्नु हुँदैन । आफ्नो प्रतिबद्धताबाट पछाडि हट्ने काम भयो भने भोलि जनताले विश्वास गर्न छोड्नेछन् ।
गृहमन्त्रालयले थालेको अभियान सफल भए पक्कै जनतामा थप उत्साह थपिनेछ । मुलुकमा चारैतिर कुशासन मौलाइरहेको र आमजनतामा निराशा छाइरहेको अवस्थामा सरकारले गति बढाउन जरुरी छ । मुलुकमा सुशासन कायम भयो भनेमात्र देश र जनताको भविष्य बन्छ । गृहमन्त्रीले जस्तै अन्य मन्त्रालयका मन्त्रीहरूले सक्रियता बढाउनुपर्नेछ । सुधारको थालनी गर्न ढिलाइ गर्नु हुँदैन । सुन तस्करी प्रकरणका बारेमा छानविन गर्न सरकारले गठन गरेको आयोगले दिएको सिफारिश कार्यान्वयन गर्ने कुरामा सरकार गम्भीर भएर लाग्नु पर्दछ । माओवादी युद्धपछि शान्ति प्रक्रियामा आएपछि अधिकांश माओवादीका नेता तथा उनीहरूका परिवारका सदस्यहरू भ्रष्टाचारको काण्डमा मुछिएका छन् ।
आज मुलुकमा जनताले होइन, केही निश्चित समूह र व्यक्तिले फाइदा लिइरहेका छन् । केही व्यक्ति नवधनाढ्य भएका छन् । केही निश्चित समूह र व्यक्तिको स्वार्थपूर्ति गर्नुबाहेक नेपालमा अरू केही भएको छैन । सत्ता, शक्ति अनि सम्पत्तिमा मात्र राजनीति केन्द्रित भएको छ ।
यसले माओवादी पार्टीभित्र विवाद उत्पन्न भएको छ । यस विषयले जनतामा राम्रो सन्देश दिइरहेको छैन । देश र जनताको मुक्तिका निम्ति लडेको पार्टीका नेता नै बद्मासी गर्दै हिँडेपछि जनताले कसरी विश्वास गर्ने भन्ने प्रश्न उठेको छ । मुलुकमा देखिएको बेथिति अन्त्यका लागि राज्य कठोर भएर निर्णय लिनुपर्दछ । त्यसो भयो भनेमात्र देश बन्न सक्ने आश गर्न सकिन्छ । देश नबन्नुको मुख्य कारण भ्रष्टाचार, दूराचार, नातावाद, भनसुन, बेइमानी र बेथिति मौलाएकाले हो । कुशल र दूरदर्शी नेता भएमात्र मुलुक बन्छ । जब कुनै मुलुकका नेता इमानदार हुँदैनन् तबसम्म मुलुक लथालिंग हुन्छ ।
नेतृत्वमा सक्षमपात्र पुग्नेबित्तिकै मुलुक बन्न समय लाग्दैन । मुलुक एकता र सामूहिकताको प्रयासले बन्ने हो । नेता नै भष्ट भएपछि मुलुक कसरी बन्छ ? मुलुक पछाडि धकेल्नेमा नेताहरू बढी जिम्मेवार छन् । मुलुक बनाउने चिन्ताभन्दा पनि नेताहरू आ–आफ्नो स्वार्थ पूर्ति गर्ने कुरामा बढी केन्द्रित भए । दश वर्षसम्म चलेको माओवादी सशस्त्रयुद्ध र २०६२/०६३ सालमा भएको दोस्रो जनआन्दोलनपछि नेपाली राजनीतिक इतिहासमा ठूलो परिवर्तन भयो । परिवर्तनपछि पनि जनताको अवस्था बदलिन सकेको छैन ।
आज मुलुकमा जनताले होइन, केही निश्चित समूह र व्यक्तिले फाइदा लिइरहेका छन् । केही व्यक्ति नवधनाढ्य भएका छन् । केही निश्चित समूह र व्यक्तिको स्वार्थपूर्ति गर्नुबाहेक नेपालमा अरू केही भएको छैन । सत्ता, शक्ति अनि सम्पत्तिमा मात्र राजनीति केन्द्रित भयो । व्यवस्था परिवर्तन भयो तर जनताको जीवनस्तर परिवर्तन भएन, देश विकास भएन । जबसम्म सिंगो देश र जनतालाई उत्पादन, कर्मसँग जोड्न सकिँदैन तबसम्म देश परनिर्भर नै हुनेछ । जनता नै संवेदनशील हुन जरुरी छ । यसको जिम्मेवारी हामी सबैले लिनुपर्छ । जबसम्म जनता कर्मशील, उत्पादनशील र चेतनशील हुँदैनन्, तबसम्म केही हुँदैन । देश र जनताको नाममा नेताले धेरै कमाइसके, देशमा व्यापक रूपमा भ्रष्टाचार बढेर गएको छ ।
यो महामारी जसरी फैलिएको छ । भ्रष्टाचारलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने विकाराल रूप लिन सक्छ । भ्रष्टाचारले सबै क्षेत्रमा लामो समयदेखि नकारात्मक प्रभाव पारिरहेको छ । मुलुकमा भ्रष्टाचार बढ्नु भनेको विकासको गतिलाई रोक्नु हो । भ्रष्टाचारलाई अब जरैदेखि उखेलेर फाल्नुपर्छ । त्यसो भयो भनेमात्र देश बन्छ । जनता पनि कुनै कार्यालयमा जाँदा काम बनेन भने कर्मचारीलाई घुस खुवाउन पछि पर्दैनन्, यो नै गल्ती हो । हामी आफैं गल्ती गरिरहेका छौं । भ्रष्टाचारको भण्डाफोर गर्नुपर्ने बेलामा आफैं घुस खुवाउन थाल्यौं भने हामी कस्तो समाज बनाउन खोजिरहेका छौं । आफैंले आफूलाई प्रश्न सोध्न सक्ने बेला आउन सक्छ ।
यसबारे नागरिक सचेत र चलाखो हुनुपर्छ । देशमा शासन व्यवस्था परिवर्तन भयो तर शैली र व्यवहार परिवर्तन भएन । उही शैली र व्यवहारले मुलुकको विकास हुँदैन । भ्रष्टाचार कहाँ छ भनेर खोज्नुभन्दा पनि भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने भएको छ । भ्रष्टाचार अहिले संघीय सरकारदेखि स्थानीय सरकारसम्म फैलिएको छ । न्यायालय पनि अहिले भ्रष्टाचारको अखडा भएको पाइएको छ । दलहरूको आम्दानी र खर्चको स्रोत पारदर्शी छैन । सबै भ्रष्ट कर्मचारी नेताको संरक्षणमा छन् । सुशासनको कुरा नारामा सीमित छ, यसरी मुलुक बन्दैन । मुलुक बनाउन ठूलो छाती लिएर अघि बढ्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच