मुगु । मध्यपश्चिम विश्व विद्यालयबाट सम्वन्धन प्राप्त देशभरीका विभिन्न जिल्लाका क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुले आफुहरुको वृति विकासमा विश्व विधालयले ध्यान नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी सार्वजनिक गरेका छन् ।
उनीहरुले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
रारा क्याम्पस प्राध्यापक संघ मुगुका सभापति हिरा बोहोराद्वारा जारी विज्ञप्तिमा भनिएको छ– 'विश्व विद्यालयको आठौँ सिनेटले पास गरि कार्यान्वयनमा ल्याएको नियमावलिमा मातहतका क्याम्पसमा कार्यरत आंशिक तथा करार प्रध्यापकहरुको वृती विकासका लागि आन्तरिक प्रतिष्प्रधा गराइ स्थायी गरिने र दुर्गम,पिछडिएका जिल्लाहरुमा कार्यरत प्राध्यापकहरुलाइ राज्यले दिएको दुर्गम भत्ता दिने प्रावधान भएपनि लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकहरुलाइ यी सुविधा नदिएकाले हामी अन्तिम आन्दोलन गर्न बाध्य हुने छौँ ।'
पटक पटक क्यापस प्रशासन र एमयुलाई यस विषयमा मौखिक तथा लिखित ध्यानाकर्षण गर्दा आश्वासन मात्र दिने गरेको विज्ञप्तिमार्फत आरोप लगाइएको छ ।
विज्ञप्तिमार्फत उनीहरुले मध्यपश्चिम विश्व विद्यालयको आगामी बस्ने सिनेटको बैठकले लोड पुगेका आंशिक प्राध्यापकलाई करार, समायोजनका बेला अस्थायीमा रहेका प्राध्यापकहरु र अन्य करार प्राध्यापकहरुलाई विशेष आन्तरिकबाट स्थायी, घटुवामा परेका प्राध्यापकहरुलाई सोही पदमा पुनर्वहाली र समय पुगेकाहरुलाई बढुवा प्रक्रिया लैजाने गरि सम्बोधन गर्न पनि माग गरेका छन् ।
आफ्ना मागहरु प्रति नजर अन्दाज गरि सम्बोधन नगरिएमा सिनेट पश्चात् आन्दोलनका कार्यक्रमहरु घोषणा गरि पेशागत वृद्धि विकासका लागि कडा भन्दा कडा आन्दोलन गर्ने बताइएको छ । साथै सो आन्दोलनमा ऐक्यवद्धता जनाउन विभिन्न संघ, संस्था, विद्यार्थी समाजसेवी, पत्रकार, शिक्षाप्रेमी,वुद्धिजिवीलाई प्राध्यापकहरुले आव्हान समेत गरेका छन् ।
देशभरी मध्यपश्चिम विश्व विद्यालयबाट सम्वन्धन पाएका १० वटा क्याम्पसहरु रहेका छन् ।
मुगुस्थित रारा बहुमुखी क्याम्पस र बाँकेस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक संघहरुले आइतबार विज्ञप्ति निकाले पनि अन्य क्याम्पसका प्राध्यापक संघहरुले क्रमश विज्ञप्ति सार्वजनिक गर्ने रारा क्याम्पसमा कार्यरत प्राध्यापक हिरा बोहोराले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच