आमा एक महान शब्द जसको अर्थ लगाउन मेरो कुनै सामथ्र्य छैन । पृथ्वी झैं महान हुन आमा , सारा दुःख पिडा आफुमा लुकाएर अरुलाइ खुसी बनाउने सन्ततीको उन्नती पथमा रमाउने आमा । तमाम आमाहरुमा मेरो हृदयदेखी नमन । धरतीमा जति खनजोत गर, पानी, आधीँ हुरी आएर तहसनहस बनाउँदा नि धरती सहनशिल भएर रहन्छिन त्यसरी नै आमाको सहनशिलता रहेको छ । आमाको सहनशिलता कुनै कमजोरी होइन यो त उहाँको महानता हो । जुन शब्द आफैमा महान छ मेरो जिवनमा त्यो शब्दले कुनै स्थान बनाउन सकेन । लाग्थ्यो आमाले मलाइ एकदमै माया गर्नुहुन्छ तर त्यो मेरो भ्रम रहेछ । उहाँको पेटमा हुदाँदेखी नै मलाइ हेला गर्नु भएको रे झन म जन्मेपछि त उहाँले रिसले आँखा देख्नु भएनछ । बच्चा जन्मेपछि आमाको स्नेहसंगै काखमा रमाउछ । उहाँको ममतामा रमाउछ । बच्चालाइ आमाको दुधको महत्व कति होला ? तर मलाइ आमाले मेरो त्यो अधिकारबाट पनि वञ्चित गर्नुभयो ।
भोक, निद्रासंग म जति रुने गरे पनि उहाँको मन म तिर फर्केन । मेरो लागि मेरो आमा भने नि मेरो बा भने नि सबै थोक मेरो बा हुनुहुन्छ । बा ले आमालाइ छोरीलाइ माया गर भन्नुहुन्छ तर आमा बा संग नै झगडा गर्नु हुन्छ । बा को महानता देखेर म दंग पर्छु ,आमाले जे भने पनि बा रिसाउनु भएको मलाइ थाह छैन र मलाइ आमाले गर्ने माया भन्दा सयौ गुणा बढी माया गर्नुहुन्छ ।
आमालाइ बा ले सम्झाउनु हुन्छ तिमीले जे गरि रहेको छैउ गलत गरेको छैउ यस्तो बानिले जिन्दगीमा तिमीले सुख पाउदैनउ पछि पछुताउने दिन आउँछ तर आमालाइ यस्को कुनै मतलब छैन बस उहाँलाइ चाहिएको छ त केबल छोरो । बा को माया, साथ सहयोग र आत्मविश्वासले जीवनमा मलाइ कुनै कुराको अभाब भएको छैन तर पनि कता कता कहिले काहिँ आमाको अभाब महशुश हुदो रहेछ र आमाको नजिक जान्छु तर उहाँले मलाइ गर्ने व्यबहारले मन कट्टक खान्छ र बा संग नै आउछु । म पनि एक छोरी हु भोलि आमा बन्नेछु तर म मेरो आमा जस्तो हुने छैन । आमा प्रति मेरो आदर सदैब रहनेछ । आमाले मलाइ जस्तो व्यवहार गरे पनि मेरो लागि मेरो बा आमा दुबै भगवान हो । भगवान मेरो आमालाइ छोरा देउ अरु लाइ मेरो जस्तै बा । मात्र बा
श्रीजु अर्याल
कागेश्वरी मनहरा
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच