चितवन । नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन-२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनी केन्द्रमा भएको सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो । सम्मेलनमा भएका बृहत् छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकायमा घोषणा पेश गरी नीतिगत सुधारका लागि पैरवी गरिने उहाँले बताउनुभयो ।
कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रीकरण, कृषिमा काम गर्ने सरकारी निकायको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने, कृषिमा बिमा र सहुलियत ऋणको प्रभावकारिता बढाउनुपर्ने, कृषिमा पर्याप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्नेलगायतका विषय घोषणापत्रमा रहेका छन् ।
सम्मेलनको सहयोगी संस्थामा चितवन उद्योग संघ, युएस एड फिड द फ्युचर, एफएओ, हेफर इन्टरनेसनल, सेवा नेपाल, केएल दुगड ग्रुप, शिखर इन्स्योरेन्स, बैंकिङ पार्टनरमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, एग्रिकल्चर पार्टनरमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, एग्रिकल्चर इनेब्लेटर पार्टटरमा आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि, वेभभरेज पार्टनरमा कोकाकोला, भेन्यु पार्टनरमा वि विल्ड, डिजिटल ट्रान्सफरमेसन पार्टनरमा ठूलोडटकम, नलेज पार्टनर एसोसिसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्टस् (अनाज) रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच